
पाेखरा । गण्डकी प्रदेश सरकारले स्थानीय तहमा खटाएका न्यायिक सहजकर्ताहरुको क्षमता अभिबृद्वी गर्ने उद्देश्यले न्यायमा समान पहुच प्रवद्वनका लागि गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा गण्डकी प्रदेशका चार वटा जिल्लाका २८ वटा पालीकामा कार्यरत न्यायिक सहजकर्तहरुका लागी क्षमता अभिबृद्वी तथा आत्ममूल्यांकन तालीम पोखरामा सुरुवात भएको छ ।
प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्र बाबु तिवारीको अध्यक्षता एव गण्डकी प्रदेशका मुख्य न्याधिवक्ता चिरन्जीवी शर्मा पौडेलको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र जिल्ला सहकारी संघको हलमा उद्घाटन सम्पन्न भएको हो ।
उद्घाटन सत्रमा बोल्दै मुख्य न्याधिवक्ता चिरन्जीवी शर्मा पौडेल न्याय लहड र भावनाका आधारमा नभई कानुनको आधारमा हुनुपर्ने बताउनु भएको थियो ्र स्थानीय तहका न्यायिक समिति निष्पक्ष र कामकाजी बन्दा समग्र न्याय प्रणाली प्रतीको गरीमा बढ्ने बताउनु भयाे ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका निर्देशक एव कार्यक्रम संयोजक लक्ष्मण तिमिल्सिनाले कार्यक्रमको रुपरेखा बारे बताउदै सहभागीहरुलाई स्वागत गरेका थिए भने प्रतिष्ठानका प्राध्यापन तथा प्रशिक्षण अधिकृत इ। मनोज पौडेलले संचालन गरेका थिए ।
दुइ दिन सम्म संचालन हुने तालीममा न्यायिक सहजकर्ताको काम कर्तव्य र अधिकार तथा उजुरी लिने कार्यविधि,विवाद निरुपण गर्ने कार्यविधि र न्भ्म्क्क्ष् मैत्री न्याय निरूपण, न्यायिक अधिकारको प्रयोग र न्यायिक समिति, न्यायिक समितिको अधिकार क्षेत्र, न्यायिक समिति र मेलमिलाप,न्यायिक समितिको अधिकार क्षेत्रको प्रयोगको प्रक्रिया, न्यायिक समिति र अन्य निकायसँगको अन्तरसम्बन्ध , न्यायिक समिति र निर्णय लेखन बारेमा गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा पौडेल ,सहप्राध्यापक डा भीमदत्त बराल , पोखरा महानगरपालीकाको उपप्रमुख मन्जु देवी गुरुङ ,उपप्राध्यापक कृष्ण प्रसाद तिमिल्सिना लगाएतले सहजीकरण गर्नेछन ।







