
पोखरा । जेनजीले गरेको आन्दोलनक क्रममा प्रदर्शनकारीले लुटेर लगेका ३१ वटा हतियार सहित गोली गठ्ठा र सुरक्षा सामाग्री नेपाली सेनाले वरामद गरेको छ । मंगलवार रातभरमा सेनाले २७ जनलाई नियन्त्रणमा लिएर उक्त हतियार वरामद गरेको हो ।
मंगलबार भएको प्रदर्शनको क्रममा प्रदर्शनकारीले सुरक्षाकर्मीका हातहतीयार, सुरक्षा पोशाक, गोली ग्ठ्ठा लगाएतका सुरक्षा सामाग्री लुटेर लगेका थिए ।
लुटिएका हातहतियार तथा सुरक्षा सामग्रीको दुरुपयोगवाट जनधनको क्षती हुनसक्ने भन्दै सुरक्षा निकायलाई बुझाउन प्रदर्शनकारीलाई सेनाले अनुरोध गरेको छ । हतियार तथा गोलीगट्ठा नबुझाई कसैसँग फेला पारेमा कानुन अनुसार कारबाही हुने समेत सेनाले चेतावनी दिएको छ । यो सँगै सेनाले काठमाण्डौ स्थित राष्ट्रिय वाणिज्य वैकवाट लुटिएको ३३ लाख ७० हजार रुपया सममेत वरामद गरेको छ ।







