लेखनाथ उवासंघमा नयाँ नेतृत्वका लागि निर्वाचन,व्यवसायीको उत्साहजनक सहभागिता,१८८१ मत खस्यो

-


     गण्डकी बहस     
     भाद्र २२ गते २०८२ मा प्रकाशित


लेखनाथ, २१ भदौ । नयाँ नेतृत्वको लागि शनिबार भएको उद्योग वाणिज्य संघको २९ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशन अन्तर्गत सम्पन्न मतदानमा १८८१ मत अर्थात ९३।०३ प्रतिशत मत खसेको छ । निर्वाचनको लागि कुल मतदाता २०१९ जना रहेका थिए ।

विहान ७ः०० वजे देखी साँझ ५ बजेसम्म चलेको मतदान कार्यक्रममा व्यवसायीहरुको उत्साह जनक सहभागिता रहेको थियोे । मतगणना कार्यक्रम आईतबार बिहान ७ः०० बजे देखि शुरु गरिने निर्वाचन संयोजक खगेन्द्रराज आचार्यले जानकारी दिए ।

कांग्रेस र माओवादी निकट व्यवसायीले जानुका पराजुलीको नेतृत्वमा र नेकपा एमाले र रास्वपा समर्थित व्यवसायीको तर्फबाट राजेन्द्र ओझाको नेतृत्वमा चुनावी प्रतिस्पर्धा भएको छ ।
पुगेका थिए ।

संघीय सरकार र प्रदेश सरकारमा गठबन्धन गरेका सत्ता साझेदार कांग्रेस र एमाले लेखनाथ उद्योग वाणिज्य संघमा आमने–सामने भएका हुन्। यी दुबै ठूला दलले प्रतिपक्षमा रहेका माओवादी र रास्वपालाई साथमा लिएका थिए।

ओझा टिमबाट वरिष्ठ उपाध्यक्षमा उपेन्द्रराज सुवेदी राजु, प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ, द्वितीय उपाध्यक्षमा धिरजकुमार श्रेष्ठ, महासचिवमा जीवन तिवारी, उपमहासचिवमा लक्ष्मीप्रसाद ढुङ्गाना ९एलपी०, कोषाध्यक्षमा टिकाराम सापकोटाको उम्मेद्वारी परेको थियो ।

यस्तै गरी खुला सदस्यमा घनश्याम ढुङ्गाना, किशोर अधिकारी, कृष्णप्रसाद सुवेदी, नवराज पौडेल, सन्तोष हमाल, शिवराज अधिकारी, सुरेन्द्र गुरुङ, भीमप्रसाद सुवेदी ९सन्तोष० छन् । यस्तै महिला सदस्यमा सपना सुवेदी, लक्ष्मी ठाकुर ९सुनार०, एसोसिएट सदस्यमा प्रवेश बन्जरा, संस्थागत सदस्यमा वीरभद्र कँडेलले उम्मेद्वारी दिएका थिए ।

अधिकारीका टिमबाट वरिष्ठ उपाध्यक्षमा गोपीचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य, द्वितीय उपाध्यक्षमा ध्रुबबाबु भट्टराई ९आईडी भरतराज ओझा, उपमहासचिवमा गंगाकुमारी मल्ल, कोषाध्यक्षमा हरि बस्ताकोटीले उम्मेद्वारी दिएका थिए ।

यस्तै, खुला सदस्यतर्फ प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने, वीरेन्द्रराज भुर्तेल, भवीन्द्र पुन भविन, सुजन न्यौपाने, दीपक अधिकारी, कृष्णप्रसाद तिमिल्सिना र सन्दिप बुढाथोकीले उम्मेद्वारी दिएका थिए ।

यही समूहबाट एसोसिएट सदस्यमा दयाराज भण्डारी, संस्थागत सदस्यमा वीरभद्र कँडेल, महिला सदस्यमा शर्मिला श्रेष्ठ र गंगा सापकोटा परियारको उम्मेद्वारी परेको छ । संस्थागत सदस्य पदका उम्मेद्वार वीरभद्र कंडेल दुवै समुहका साझा उम्मेद्वार बनेका छन् ।