पोखरा यातायात प्रालिको सातौ साधारण सभा सम्पन्न , लगानी सुनिश्चितताको माग

-


     गण्डकी बहस     
     भाद्र १९ गते २०८२ मा प्रकाशित


पोखरा, १९ भदौ । पोखरा यातायात प्रालिको ७ औं वार्षिक साधारणसभा विविध कार्यक्रमका साथ विहिवार सम्पन्न भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महसंघ गण्डकीका संयोजक केदार पौडेलले साधारणसभाको उद्घाटन गर्दै यातायात व्यवसायीले नभई यातायात कम्पनीले व्यवसायीलाई सिन्डिकेट लगाएर भएपनि सेवा दिइरहेको बताए । उनले सेवा संचालनको क्रममा यात्रिमैत्री सेवा, नागरिक मैत्री यातायात वन्नका लागि यातायात व्यवसायीलाई प्रविधि मैत्री वन्न सुझाव दिए । सार्वजनिक यातायातमा निजी क्षेत्रले गरेको अरवौको लगानी भोलीका दिनमा लथालिङ्ग नहोस भन्नका लागि लगानीको सुनिश्चितता गर्न आफुहरुले राज्यसँग सुरक्षा माग गर्नु परेको उनको भनाइ थियो ।
पोखरा महागरपालिका यातायात व्यवस्थापन समितिका उपाध्यक्ष एवं पोखरा महानगर वडा नम्बर १६ का वडाध्यक्ष अमृतशर्मा तिमिल्सिनाले यातायात क्षेत्र लाई सरलिकृत र व्यवस्थित वनाउदै लैजानुपर्नेमा जोड दिए । पोखरालाई दुईसय देखि २५० यात्रु बहाक बस प्रयाप्त हुनेमा आठ सयभन्दा धेरै बसले सेवा दिएको बताउदै उनले कोइकाको सहयोगमा पोखराको यातायात व्यवस्थापन गर्ने तयारी भइरहेको समेत जानकारी दिए ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले सार्वजनिक यातायातको क्षेत्र कहिल्यै पनि सरकारको प्रथमिकतामा नपरेको टिप्पणी गरे । उनले व्यवसायीको पेशा संरक्षणा आजको आवश्यकता रहेको धारणा राखे ।
प्रालिका पुर्व अध्यक्ष एवं सल्लाहकारहरू वसन्त प्रधान र बम बहादुर गुरूङले पर्यावरण जोगाउनका लागि पनि प्रविधि मैत्री विधुतिय गाडि भित्र्याउन व्यवसायी सँग आग्रह गरे ।
कार्यक्रममा पाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति कास्कीका संयोजक कृष्ण पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल र पत्रकार कमल पौडेल अथक र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी अध्यक्ष देवीराज थिङ लगायतले साधारणसभा सफलताको शुभकामना व्यक्त गरेका थिए ।
पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रबन्ध निर्देशक देवीप्रसाद कुइकेलले स्वागत गरेका थिए ।
प्रालिले सामाजिक उत्तरदायित्व वहन अन्तर्गत सो अवसरमा सवारी चालक जुनबहादुर गुरूङ, सहचालक रोशन कुमार गुरूङ, निरन्तर बस सञ्चालक सूर्यबहादुर गुरूङ, उत्कृष्ट कर्मचारी अर्चना थापा, त्यसैगरी उत्कृष्ट अंक ल्याउने बस सञ्चालकका छोराछोरी मध्यबाट सुमना थापा मगर र क्रिसल पौडेलसहित विभिन्न सहयोगदातालाई सम्मान गरिएको थियो । यश वर्षको सडक यातायात पत्रकारिता पुरस्कार पत्रकार एकराज गिरीलाई प्रदान गरिएको थियोे ।