
Nepal's newly elected Prime Minister Pushpa Kamal Dahal also known as Prachanda attend the first cabinet meeting at the Office of the Prime Minister and Council of Ministers at Singha Durbar office in Kathmandu, Nepal, December 26, 2022. (Photo by Rojan Shrestha/NurPhoto via Getty Images)
काठमाडौँ । पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकले निकास पाउने वताएका छन् । ‘परिस्थिति निकै गम्भीर र पेचिलो बनेका छ । नयाँ वर्षले केही न केही निकास लिएर आउँछ भन्ने लाग्छ’, प्रचण्डले भने ‘शिक्षकहरू, डाक्टर, लघुवित्त पीडित, सहकारी पीडितहरू सवै जना सडकमै रहेकाले २०८१ साललाई चौतर्फी असन्तुष्टी र आक्रोषको वर्ष वन्यो ।
उनले २०८१ साल नेपाली राजनीतिका लागि मिश्रित उत्साहवद्र्धक नरहेको भनी टिप्पणी गरेका छन् । आइतबार चितवनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै माओवादी अध्यक्ष प्रचण्डले २०८१ सालमा केही सकारात्मक र केही नकारात्मक कामहरु भएको बताए ।
‘समग्रमा भन्दा त्यस्तो उत्साहवद्र्धक भएन । धेरै निराशा पनि भएन’, प्रचण्डले भने, ‘राजनीतिक दलहरूलाई राम्रो काम गर्न २०८१ ले ०८२ लाई आधारचाहिँ दिएको छ ।’ नयाँ वर्षमा नयाँ सरकार बन्ने सम्भावना कति छ ? भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रचण्डले सरकारतिर आफूहरूको त्यति ध्यान नभएको बताए ।
‘नयाँ सरकारतिर हाम्रो त्यति ध्यान छैन तर परिस्थिति यस्तो बन्दैछ कि यो सरकार अगाडि जान सहज छैनन् भन्ने कुरा पनि देखिइरहेको छ’, प्रचण्डको भनाइ छ ।