पोखरा, १७ साउन । आगामी भदौं २२ र २३ गते हुन गईरहेको लेखनाथ उद्योग वाणिज्य संघको १४ औं अधिवेशन नजिकिदै जादा चुनावी सरगर्मी वढीरहेको छ । व्यवसायीहरु आ आप्नो उम्मेदवारी सार्वजनीक गरिरहेका छन् । अहिलेको
संघको १४औं अधिवेशन आगामी भदौ २२ र २३ गते हुँदैछ । ‘सिर्जनाशिलता, उद्यमशिलता र आर्थिक समृद्धि आजको आवश्यकता’ मूल नाराका साथ उनले सामाजीक योगदान गर्नकै लागी आँफूले उमेदवारी घोषणा गरेको वताए । संघमा सदस्य, कोषाध्यक्ष, दित्तिय उपाध्यक्ष, हँुदै प्रथम उपाध्यक्ष भएका उनले हाल वरिष्ठ उपाध्यक्षका लागी प्रतिष्पर्धा गर्ने वताए ।
संघमा रहेर आँफूले हालसम्म गरेका कामको आधारमा व्यवसायीले आाफूलाइृ मतदान गर्ने विश्वास व्यक्त गरेका उनले परंपरागत भन्दा आधुनीक व्यवसाय संचालनमा जोड दिने, नयाँ व्यवसाय संचालनमा जोड दिने जस्ता केही भावी योजनाहरु प्रस्तुत गरे । ५ भन्दा वढी व्यावसायीक प्रतिष्ठानको संचालक रहेका उनी करिव एक दर्जन सामाजिक संघसस्थामा संलग्न रहेर काम गर्दै आएका छन् ।
संघको दसौं १०औं अधिवेशन २०७२ मा कार्यसमिति सदस्य भएका उनी सोही वर्ष लेखनाथ महोत्सवको उपसमिति संयोजक भएरसमेत काम गर्ने अवसर प्राप्त गरेका थिए । सूचना प्रविधि उपसमिति संयोजक भएर पनि संघमा उनले काम गरे । ११औं अधिवेशन २०७४ मा कोषाध्यक्षमा निर्वाचित भएसँगै आर्थिक पारदर्शितालाई मुल एजेन्डा वनाएर कृषि उपज, वाटर फन्ट, व्यावसायिक महल, स–शुल्क ज्येष्ठ नागरिक व्यवस्थापनमा विशेष योगदान गर्न सफल भए ।