रास्वपा अध्यक्ष लामिछानेका चालकको उपचारका क्रममा मृत्यु

-


     गण्डकी बहस     
     वैशाख १९ गते २०८० मा प्रकाशित


पोखरा, १९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापाको उपचारका क्रममा मंगलवार मृत्यु भएको छ ।
घरको छतबाट खसेर घाइते भएका चालक थापाको काठमाण्डौको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
सभापति लामिछाने चुनावी प्रचारमा रहेका बेला वैशाख ४ गते बिहान करिव पौने ४ बजेतिर थापा घरको छतबाट खसेका थिए । भरतपुरमा उपचार सुरु गरेका उनलाई थप उपचारको लागी काठमाण्र्डौको मेडिसिटी अस्पतालमा लगिएको थियो ।
घटना भएको रात रास्वपाका महामन्त्री डाक्टर मुकुल ढकालका चालक पनि थापासँगै सुतेका थिए। थापा राति छतबाट खसेपछि चितवन प्रहरीले उक्त घटनाको अनुसन्धान सुरु गरेको छ ।
अनुसन्धानमा उनले राति रक्सी खाएको र त्यसैको नसामा हिँडदा छतबाट खसेको हुनसक्ने देखिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।