पोखरा ६, वैशाख । पोखराको बजारमा नयाँ मोबाइल बेन्को एस.वान. भित्रिएको छ । पोखराका लागि आधिकारीक बिक्रेताको रुपमा रहेको एम.टि.एस. टे«डर्सले पोखरा बजारमा उक्त मोबाइल भित्राएको हो ।
हाल बजारमा दुई प्रकारका बेन्को एस.वान.मोबाइल उपलब्ध भएको एम.टि.एस. टे«डर्सका प्रोपाइटर एवं युवा व्यवसायी तारानाथ आचार्यले बताए । ४ जिबी ¥याम १२८ जिबी जसको बजार मुल्य १३ हजार ९ सय ९९ रहेको छ भने ६ जिबी ¥याम १२८ जिबी स्टोरेजमा रहेको मोबाइलको मुल्य भने १५ हजार ९ सय ९९ रहेको उनले जनाए । उक्त मोबाइलमा एक सय दिनसम्म कुनै पनि समस्या आएमा कम्पनीले सिधै फिर्ता गरी नयाँ मोवाइल उपलब्ध गराउने भएको पोखराका लागि कम्पनी प्रतिनिधि शंकर क्षेत्रीले बताए । उक्त मोबाइलको फिचर अनुसार बजारमा सस्तो आकर्षक एवं उत्कृष्ट भएको उनको दाबी छ ।
यो मोवाईलले बजारमा धेरै ग्राहक बर्गको मन जित्न सफल हुने एम.टि.एस. टे«डर्सका प्रोपाइटर आचार्यले विश्वास व्यक्त गरे । कुराकानीको क्रममा सुनम भट्टराई र ढाकामोन अधिकारीले पोखराको बजारमा यस्ता मोवाइलको माग भएकोले उनीहरुको चित्त बुझाउन सहज हुने जनाए । नेपालको लागि भने उक्त मोवाइलको आधिकारीक बिक्रेता अम्बे मोबाई प्रा.लि.रहेको छ ।