डेढकिलो गाँजा सहित एक पक्राउ

-


     गण्डकी बहस     
     वैशाख ३ गते २०८० मा प्रकाशित


कास्की,३ वैशाख ।पोखरा महानगरपालिका वडा नं –३० पावरहाउस चोकबाट अवैध लागूऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं १० रामबजार बस्ने २२ वर्षीय अर्जुन विक रहेका छन् । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले गोप्य सूचनाका आधारमा शनिवार राती चेकजाँचका क्रममा काठमाडौंबाट पोखरातर्फ आउदै गरेको
ग.२ ख १३९८ नम्बरको बसमा सवार रहेका विकलाई पक्राउ गरेको हो । उनको साथवाट करिब १केजी ५ सय ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका विकमाथी प्रहरीले थप अनुसन्धान अगाडी वढाएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकीका महत पक्राउ
जवरजस्ती करणी गरेको अभियोगमा तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिकावडा ११ घर भएका ३१ वर्षीय
कृष्ण बहादुर महतलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । टोखा नगरपालिका–९ दिपज्योती बस्दै आएका महतले १५ वर्षीया एक किशोरीलाई
जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।