पोखरा । स्थानीय तह निर्वाचन २०७९मा कास्कीमा छिटपुट रुपमा भएका सामान्य विवाद वाहेक शािन्तपुर्ण वातावरणमा मतदान कार्य सकिएको छ । । ४गाउपालिका र एक महानगरपालिका रहेको कास्कीमा मतदाताले उत्साहपुर्वक मतदान गरेका छन् । करीब ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए ।
कास्कीमा पोखरा महानगरपालिकासहित रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गाउँपालिका गरी पाँच वटा स्थानिय तह रहेका छन् । जसमध्ये पोखरा महानगरपालिकामा सबैभन्दा कम करीब ६३ प्रतिशत मात्र मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।
कास्कीमा कुल २ लाख ८१ हजार ९ सय ४० मतदाता रहेका छन् । त्यसमध्ये पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७ सय १२ मतदाता छन् ।
त्यस्तै, माछापुच्छ्रे गाँउपालिकामा २० हजार ४ सय ६८, अन्नपूर्ण गाउँपालिका २० हजार ३ सय ६४, रुपा गाँउपालिकामा १४ हजार ६ सय ४४, मादी गाउँपालिकामा १८ हजार ७ सय ५९ मतदाता रहेका छन् ।
मतगणनाका लागी मतदान स्थलवाट मतपेटिकाहरु जिल्ला समन्वय समितिको कार्यालय कास्कीमा ल्याईसकिएको छ । अव केही वेरमा सर्वदलीय वैठक वसेर मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।







