किन मौलाउँदै छ हनी ट्रयापिङ ?

-


     अग्रिम पौडेल     
     कार्तिक ४ गते २०७८ मा प्रकाशित


२१अैाँ शताव्दिको यो युगमा अपराधका नयाँ नयाँ शैली जन्मिरहेका छन। अपराधका ठ्याक्कै यति शैली वा किसिम छन भनेर निर्क्यौल गर्न सक्ने अवस्था छैन। यस्तै अपराधको नयाँ शैली मध्येको एउटा शैली हो “हनि ट्रयापिङ” ।

सुन्दर युवतिले माया प्रेमको नाटक गरि आफ्नो शारीरिक सौर्न्दर्यको बलमा यौनजन्य कार्यको लालच देखाई एकान्तमा बोलाएर पुरुषलाई लुटपाट गर्ने अपराधको नयाँ शैलीलाई हनि ट्रयापिङ भनिन्छ। यसमा युवतिले युवकलाई मायाको भाव देखाउदै पुरुषलाई आफ्नै नजिकको भएको अनुभव गराउछे। यसरि नजिक बनेको पुरुषलाई एकान्तमा बोलाउने , अश्लील हर्कत गर्ने लगाउने र लुटपाट गर्ने, तथा यौन जन्य हिंसाको मुद्दा लगाईदिन्छु भन्दै ट्रयापिङमा पारेको पुरुषवाट मोटो रकम असुल्ने काम भएको पाईन्छ । सामाजिक सञ्जालको वढ्दो प्रयोग सगै हनि ट्रयापिङ पनि फस्टाएको देखिन्छ। समाजिक सञ्जालमा भेटेको मान्छेलाई छोटो समयमा नै विश्वास गर्ने ,एकान्तमा भेट्न जाने वा अश्लील सामाग्री को आदान प्रदानले हनि ट्रयापिङलाई अझै मलजल गरेको छ।

हनि ट्रयापिङमा पर्दा पछाडिवाट धेरै मान्छेले निर्देशन वा सहयोग गरे पनि पर्दा अगाडि आकर्षक र सुन्दर युवतिको प्रयोग गरि जाल थाप्ने काम गरिएको हुन्छ।यस्ता कार्यमा कहिले स्वयम गिरोह भित्रवाटै परिचालित हुन्छन भने कहिले कम शैक्षिक योग्यता भएका र शुन्दर युवतीलाई हामि पछाडि वाट सहयोग गर्छौ भनि विभिन्न प्रलोभन देखाएर काम गर्न लगाएका हुन्छन। गिरोहको निर्देशन बमोजिम उक्त युवतिले पुरुषलाई माया जालमा फसाउछे र एकान्तमा भेट्न बोलाउछे ।

त्यहि वेला गिरोह सक्रिय हुन्छ र पुरुषलाई लुटपाट गर्ने वा यौन हिसाको मुद्दा लगाईदिने वा गोप्य भिडियो वा फोटो लिने र उक्त भिडियो वा फोटो सार्वजनिक गरिदिने भन्दै पैसाको बार्गेनिङ गर्छन ।उच्च सामाजिक प्रतिष्ठा वोकेका उद्योगी , व्यापारी , उच्च कर्मचारी तथा उच्च राजनीतिकर्मी गिरोहको पहिलो नजरमा पर्ने र समाजिक प्रतिष्ठामा आँच आउने देखेर यस्ता व्यक्तिले सजिलै मोटो रकम तिर्न वाध्य हुन्छन।

देशमा वेरोजगार र गरिबी वढ्नु ,छोटो समयमानै धनि बन्ने उच्च महत्वाकांक्षा हुनु, कम मेहनतमै सजिलै पेसा कमाउने चाहना हुनु , सामाजिक सञ्जालको वढ्दो दुरुपयोग हुनु जस्ता कारणले हनि ट्रयापिङ अझै मौलाउदै गएको अनुमान लगाउन सकिन्छ।

नेपालको सन्दर्भमा हेर्दा हनि ट्रयापिङ पछिल्लो समयमा फस्टाएको दखिन्छ। हनि ट्रयापिङको वारेमा आवस्यक ज्ञान नहुनु , नेपाली हरु छिटो भावनामा बहकिनु, सामाजिक सञ्जालको प्रयोगमा संयमता नअपनाउनु, यौनिक चाहना पूरा गर्ने उत्तम बिकल्प चयन गर्न नसक्नु , परिवारमा कलह हुनु , वैदेशिक रोजगारीका कारण पारिवारिक विचलन हुनु, जस्ता कारणले मान्छे हनि ट्रयापिङमा फसेका प्रशस्त उदाहरण छन। हनि ट्रयापिङ खास भावना सगँ खेलेर गरिने अपराध भएकाले भावनात्मक रुपमा नजिकिने र यस्ता माया प्रेमका कुरा नेपालिले अन्य व्यक्तिलाई समेत नखुलाउने भएकाले मान्छे ट्रयापिङमा छिटै पर्न जाने तथा गिरोहलाई पनि जालमा पार्न सजिलो हुने देखिन्छ ।

नेपालमा आज सम्म पनि हनि ट्रयापिङ को शिर्षक नै राखेर कारवाहि प्रकृया अगाडि वढाउनको लागि कानुन बनिसकेको अवस्था रहेको छैन। यसको कारणले पनि गिरोहलाई थप सहजता प्रदान गरेको होकि भन्ने अनुमान लगाउन सकिन्छ।

हनि ट्रयापिङ के हो? कसरि हुन्छ? भन्ने जानकारी पाएपछि यसवाट वच्नको लागि पनि चनाखो हुनु पर्ने देखिन्छ। यसका लागि प्रत्येक ब्यक्तिले आफू स्वंय नै सचेत हुनुपर्ने देखिन्छ। सामाजिक सञ्जालको प्रयोगमा उच्च सतर्कता अपनाउने साथै राम्रो सगँ चिनजान नभएको साथि सगँ भावनात्मक सम्वन्ध वनाउदा तथा व्यक्तिगत गोप्य कुरा खुलाउदा बिशेष सावधानी अपनाउनु पर्ने देखिन्छ। अझै भन्नु पर्दा राम्रो सगँ चिनजान नभएको साथिलाई एकान्तमा नभेट्ने तथा भेट्नै परे साथि सगँ जाने वातावरण मिलाउनु पर्छ। नेपाल सरकारले पनि हनि ट्रयापिङ शिर्षक वाट नै कारवाहि प्रकृया अगाडि बढाउने कानुन ल्याउने तथा यस्ता कार्यमा लाग्ने गिरोहलाई समाति कडा कारबाहि गर्न सकियो भने केहि हदसम्म हनि ट्रयापिङ रोक्न सकिन्छ।