स्याङ्जा

तेस्रो गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटः कास्की र नवलपुरको बिजयी सुरूवात

पोखरा, ३ असार । तेस्रो गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको समुह ‘बी’को लिग चरणको पहिलो खेलमा कास्की र नवलपुरले बिजयी सुरूवात गरेका छन् ।प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालमा जारी प्रतियोगितामा कास्कीले पर्वतमाथि २० रनको रोमाञ्चक जित हात पारेको छ भने नवलपुरले गोरखा विरुद्ध ९१ रनले बिजयी भयो । जित संगै दुबै टोलीले समुह बी मा २–२ अंक जोड्न सफल भएका छन् ।खराव मौसमका कारण छोट्टाइएको १३–१३ ओभरको खेलमा पर्वतले… पुरा पढौ

एपिएफलाई प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि

पोखरा । शसस्त्र प्रहरी बलको एपिएफ क्लवले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालाको कभर्डहलमा आज (शनिबार) भएको फाइनल खेलमा एपिएफले नेपाल पुसिल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो ।एपिएफले पुलिसलाई २५–१९, २५–२० र २५–१३ को सोझो सेटमा पराजित गरेको हो । त्यसै गरी तेश्रो स्थानको लागि आज भएको खेलमा एभरेष्ट क्लवलाई सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले तेश्रो स्थानमा रहेको हो । न्यु डायमण्डले एभरेष्ट क्लवलाई २५–८, २५–१९ र… पुरा पढौ

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

पोखरा । श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शनिबारदेखि समापन भएको छ । ६१ दिन लामो कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ ।कोटीहोममा करिब नौ करोड रुपैयाँ संकलन भएको कोटीहोमका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए ।कोटीहोमको सबै हिसावकिताव असार भित्रै फरफारक गरिने, पत्रकार सम्मेलन र सार्वजनिक सुनुवाई गरेरै आयव्यय सार्वजनिक गरिने उनले जानकारी दिए ।संकल्पकर्ता महाराजजीले कोटीहोमको केही आम्दानी मानव सेवा फाउण्डेशन, छोरीको घर र मानव कल्याणमा लगाउने… पुरा पढौ

पुलिस र न्यु डायमण्ड पोखरामा जारी प्रचण्ड कप भलिवल प्रतियोगिताको सेमिफाइनलमा

पोखरा २८, जेठ । विभागिय टोली नेपाल पुलिस क्लव र न्यु डायमण्ड स्पोट्र्स क्लव पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता २०८२ को सेमिफाइनलमा प्रबेश गरेका छन् ।पोखरा रंगशालाको कभर्डहलमा आज (बुधबार) सम्पन्न खेलमा दुबै टोलीले शान्दार जित हासिल गर्दै अन्तिम चारमा यात्रा तय गरेका हुन् । समुह ‘ए’ को दोस्रो खेलमा पुलिसले रामपुरलाई र अर्को खेलमा न्यु डायमण्डले घरेलु टिम गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।पुलिसले स्टेप रामपुरलाई २५—७, २५—९ र २५—९… पुरा पढौ

ललितकलाकर्मिहरुको कुलपति, उपकुलपति र सदस्य सचिव मध्ये कम्तीमा एक पदमा प्रतिनिधित्व गर्न माग

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानमा कुलपति, उपकुलपति र सदस्य सचिव मध्ये कम्तीमा एक पद सहित समावेशी प्रतिनिधित्वको ललितकलाकर्मि कलाकारहरुको माग गरेका छन् ।बि। स। २०७७ मा गण्डकी प्रज्ञा प्रतिष्ठानको गठन हुँदा एक जना पनि ललितकलाकर्मीलाई समावेश नगरेर गण्डकी प्रदेश सरकारले ललितकलाकर्मीहरूको अपमान गरेको, बजेट विनियोजनमा पनि विभेद गरी अत्याचार गरेको र समग्र ललितकला क्षेत्रको अपहेलना गरेको थियो। यो अस्वीकार्य कार्यको घोर भत्र्सना बिज्ञप्ति मार्फत गरेका छन् ।गण्डकी प्रदेश सरकारले यस गम्भीर त्रुटिलाई सच्याउँदै आगामी दिनमा गण्डकी प्रज्ञा प्रतिष्ठानको संरचना र… पुरा पढौ

कोटिहोममा आज सम्म ८ हजार जल सहित कलश वितरण

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा ८ हजार कलश वितरण गरिएको छ । गत सोमबार यज्ञको पूर्णाहुतिसँगै महायज्ञ स्थलमा रहेका जल सहितको कलश भक्तजनलाई वितरण गरिएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार अव केही जल सहितको कलश रहेको हुनाले सचिवालयमा सम्पर्क गरेर भक्तजनले लैजान सक्नेछन् । धेरैजसो भक्तजनले पहिले नै कलश बुकिङ गरेका थिए भने कतिपय भक्तजनले हवन समापन पछि पैसा तिरेर जल सहितको कलश लिएर गएका हुन् ।… पुरा पढौ

प्रशासनिक संरचना पूनरावलोकन समितिले मुख्यमन्त्रीलाई प्रतिवेदन बुझायो

पोखरा, २३ जेठ । गण्डकी प्रदेश सरकारले बनाएको प्रदेश प्रशासनिक संरचना पूनरावलोकन अध्ययन तथा सुझाव समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समक्ष शुक्रवार प्रतिवेदन पेश गरेको छ ।प्रादेशिक संरचना पूनरावलोकन गर्न गठित समितिका संयोजक शरदचन्द्र पौडेलले तीन सय २४ पृष्ठको प्रतिवेदन शुक्रवार मन्त्री र सचिवहरुको उपस्थितिमा मुख्यमन्त्री समक्ष बुझाएका हुन् ।समितिका संयोजक पौडेलले कुनैपनि दवाव, प्रभाव, आग्रह पूर्वाग्रह विना प्रदेश सरकारको एक सय ७४ वटा संगठन संरचनाको अध्ययन गरेर प्रतिवेदन तयार गरिएको बताए । ‘यो प्रतिवेदनले प्रदेश सरकारले चाहेजस्तो आफ्ना… पुरा पढौ

राईड सेयरिङ नियमावली खारेजी होईन, संसोधन हुन सक्छ – गण्डकी प्रदेश सरकार

पोखरा, १८ जेठ । गण्डकी प्रदेश सरकारले राईड सेयरिङ नियमन र व्यवस्थापन गर्न बनेको नियमावली संसोधन गरेर यातायात वयवसायीका मागलाई संवोधन गर्न सकिने जनाएको छ । गण्डकी प्रदेश सरकारले आईतवार भौतीक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेरमन्त्रालयको खारेज नहुने स्पष्ट पारेको छ ।गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीसँग वार्ता गर्न बनाएको वार्ता समिति संयोजक तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका सचिव ई.कमलकुमार अधिकारीले आईतबार पत्रकार सम्मेलन गरेर राईड सेयरिङ नियमन र व्यवस्थापन गर्न… पुरा पढौ

फोवाताल जोगाउन डुंंगादौड प्रतियोगिता

पोखरा, १८ जेठ । पोखराको फेवातालमा आइतबार भएको दोश्रो राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगितामा पुरुषतर्फ हर्पन सहकारी संस्थाको ‘बी’ समूह र महिलातर्फ ताल पारीको ‘बी’ समूह प्रथम भएका छन् । विजेता दुवै समूहले नगद रु ४० हजार सहित ट्रफि, मेडल, प्रमाण–पत्र प्राप्त गरे । प्रतियोगितामा पुरुषतर्फ बाराही डुंगा घाटले दोश्रो, स्विमिङपुल घाटले तेश्रो र फिष्टेल घाटले सान्त्वना स्थान हाँसिल गरे । महिलातर्फ गौरीघाटले दोश्रो पहारीघाटले तेश्रो तथा जलारी दिदी बहिनी समुहले सान्त्वना स्थान प्राप्त गरे । प्रतियोगितामा महिला र पुरुष… पुरा पढौ

युवा संघको महाधिवेशन शुक्रबारदेखि पोखरामा, प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने

पोखरा । नेकपा (एमाले)निकट युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरू हु“दैछ । महाधिवेशनको पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मध्यान्ह १२ः१५ बजे उद्घाटन गर्नुहुने कार्यक्रम छ । उहाँ बिहान ११ः३० बजे पोखरा आउनुहुने तयारी छ ।प्रधानमन्त्री ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ पनि शुक्रबार नै पोखरा आउनुहुने एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिनुभयो । जनसंगठन समन्वय संयन्त्र प्रमुखसमेत रहनुभएका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल पोखरा आइसक्नुभएको… पुरा पढौ