स्याङ्जा

२७ महिने नाबालिका हत्या आरोपमा ठूलोबाउ पक्राउ

स्याङ्जा, १२ माघ/ सत्ताईस महिने भतिजी हत्या आरोपमा ३८ वर्षे बासुदेव ढकाल पक्राउ परेका छन् । सोमबार दिउँसो १ बजे स्याङ्जाको चापाकोट नगरपालिका—७ पिपलछाप निवासी भाईकी छोरी नाबालिका (सुबिना ढकाल)लाई हत्या गर्ने मनसायले भुईंमा पछारेका ठूलाबाउ (बासुदेव) लाई प्रहरीले पक्राउ गरेको छ । नाबालिका ढकालका दुबै खुट्टा समाई टाउकाको भाग पटकपटक जमिनमा पछारी अचेत बनाई छाडेको र उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । नबालिकाको शव परिक्षणका लागि सोमबारै पोखरा पठाइएको थियो… पुरा पढौ

मन्त्रालयको अनुगमनका मुख्यमन्त्री पोखरेल, नागरिकले अनुभूति गर्नेगरी काम गर्न निर्देशन

पोखरा, ४ कात्तिक/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको स्थलगत अनुगमन गरेका छन् । पोखरेल नेतृत्वमा सरकार गठनभएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको पहलका लागि मुख्यमन्त्री पोखरेलले अनुगमन गरेका हुन् । प्रथम चौमासिकको अहिलेसम्मको मन्त्रालयगत प्रगतिबारे लिँदै उनले उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् । मुख्यमन्त्री पोखरेलले बिहीबार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,… पुरा पढौ