गण्डकी सेरोफेरो

तामाङ मातृभाषा र मौलिक बाजा संरक्षणका लागी प्रशिक्षण

पोखरा, ४ वैशाख । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमबारदेखि पोखरामा तामाङ मातृभाषा प्रशिक्षण तथा तामाङ मौलिक बाजा टुङ्ना तालिम सुरु भएको छ । कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा पोखरा १३ मा आयोजित यो प्रशिक्षण कार्यक्रम एक महिनासम्म चल्ने छ ।प्रशिक्षण कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले गरें । उद्घाटन कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेश कला, साहित्य, संगीत र संस्कृतिको उर्वर भुमि भएको बताए ।पछिल्लो समयमा भाषा, संस्कार र संस्कृतिलाई जोगाउदै पुस्ताहस्तान्तरण गर्ने अभियानमा गण्डकी प्रज्ञा प्रतिष्ठानले देखाएको… पुरा पढौ

पोखराको शिवशक्ति माविमा विद्यार्थी र अभिभावकको आकर्षण वढाउन आचारसंहिता जारी

पोखरा ४ बैशाख । पोखरा महानगरमा रहेको एक सरकारी विद्यालयले शैक्षिक अवस्था सुधार गर्न आचार संहिता नै जारी गरेको छ । पोखरा ११ फूलवारीमा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिको संयुक्त बैठकले विद्यार्थीको शैक्षिक अवस्थालाई सुधार गर्नका लागि २१ बुँदे आचारसंहिता सर्वसम्मतले पारित गरेको हो । आचारसंहिताको पालनाले विद्यालय प्रति विद्यार्थी तथा अभिभावकको आर्कषण बढ्ने मात्र नभएर विद्यालयको शैक्षिक स्तरमा थप सुधार हुने विश्वास विद्यालयले गरेको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर बाँस्तोलाको अध्यक्षतामा बसेको बैठकमा… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डमा विद्यार्थीहरुको सहभागिता गराउन सुझाव

पोखरा ४ वैशाख । पोखरा स्पोट्र्स अवार्डमा विभिन्न खेल संघ, संस्था, क्लवका प्रतिनिधि तथा विद्यार्थीहरुको सहभागिता गराउन सोमबार पोखरामा आयोजित छलफल कार्यक्रममा वक्ताहरुले सुझाव दिएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार पोखरा रंगशालामा आयोजना गरेको छलफल कार्यक्रममा विभिन्न खेल संघ संस्थाका पदाधिकारीहरुले पोखरा स्पोट्र्स अवार्ड खेलकुदकर्मीहरुको ठुलो इभेण्ट भएकोले उक्त कार्यक्रममा खेल संघ, संस्था, क्लवका प्रतिनिधि तथा बिद्यार्थीहरुको सहभागिता गराउन वक्ताहरुmले सुझाव दिएका हुन् ।वैशाख २३ गते पोखरा सभागृह हलमा आयोजना हुने स्पोर्टस् अवार्डको पूर्व सन्ध्यामा भएको छलफल… पुरा पढौ

अनलाइन पत्रकारिता तालिम सम्पन्न, अनलाईन पत्रकारितालाई मर्यादित वनाउनुपर्नेमा जोड

पोखरा ४ वैशाख । पोखरामा अनलाइन पत्रकारिता तालिम सम्पन्न भएको छ । अनलाइन पत्रकार संघ गण्डकीको आयोजनामा बैशाखको २ गते देखि सञ्चालन भएको तालिम सोमबार सम्पन्न भएको हो ।तालिममा अनलाइन पत्रकारिता, समाचार लेखन, तथ्यजाँच र पत्रकार आचारसंहिताका विषयमा सेसनहरु सञ्चालन भएका थिए । अनलाइन पत्रकारिताको विषयमा केशव शरण लामिछाने, समाचार लेखनको विषयमा भरत कोइराला, तथ्यजाँचका विषयमा दिपक अधिकारी र पत्रकार आचारसंहिताका विषयमा प्रेस काउन्सिल नेपालका उप–प्रशासकीय अधिकृत रामशरण बोहराले प्रशिक्षण गराउनुभएको थियो ।तालिम समापनका क्रममा प्रेस काउन्सिल नेपालका उप–प्रशासकीय अधिकृत… पुरा पढौ

डेढकिलो गाँजा सहित एक पक्राउ

कास्की,३ वैशाख ।पोखरा महानगरपालिका वडा नं –३० पावरहाउस चोकबाट अवैध लागूऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं १० रामबजार बस्ने २२ वर्षीय अर्जुन विक रहेका छन् । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले गोप्य सूचनाका आधारमा शनिवार राती चेकजाँचका क्रममा काठमाडौंबाट पोखरातर्फ आउदै गरेकोग.२ ख १३९८ नम्बरको बसमा सवार रहेका विकलाई पक्राउ गरेको हो । उनको साथवाट करिब १केजी ५ सय ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका… पुरा पढौ

प्रदेश खेलकुद गण्डकी परिषदको टोली अन्तर प्रदेश भ्रमणमा

पोखरा ३ । प्रदेश खेलकुद परिषद गण्डकीको टोली अन्तर प्रदेश भ्रमणमा निस्किएको छ ।५ दिनको भ्रमणका लागि परिषदको टोली आइतबार पोखराबाट हिंडेको हो । टोलीले लुम्विनी, कर्णाली र सुदुर पश्चिम प्रदेशको भ्रमण गर्ने भएको परिषदका कार्यालय प्रमुख टोपलाल भुसालले जानकारी दिएका छन् ।परिषदका सदस्य सचिव घनश्याम पौडेलको नेतृत्वमा भ्रमणमा हिंडेको टोलीले अन्तर प्रदेशमा भइरहेका खेलकुद गतिविधि, पूर्वाधार निर्माणलगायतका विषयमा जानकारी लिने संगै तिनै प्रदेशका खेलकुद मन्त्री, सदस्य सचिवहरु संग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ । “परिषद गठन पछि हामी… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई सघाउने खेल संघको प्रतिवद्धता,अवार्ड वितरण पारदर्शी हुनुपर्नेमा जोड

पोखरा २ बैशाख । कास्की जिल्लाका खेल संघ तथा क्लबले सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई सघाउने प्रतिवद्धता जनाएका छन् । शनिबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा रंगशालामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी बन्दै उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनीहरुले राज्यले गर्नुपर्ने काम पत्रकार मञ्चले गरेको भन्दै खुशी व्यक्त गरें । अवार्ड वितरणलाई पारदर्शी बनाउदै यसको उचाई बढाउदै लैजानुपर्नेमा उनीहरुको जोड थियो ।अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले खेलाडीलाई खेल जीवनबाटै… पुरा पढौ

अनलाइन पत्रकारिता तालिम सुरु

पोखरा २ वैशाख । अनलाइन पत्रकार संघ गण्डकीले आयोजना गरेको पत्रकारिता तालिम शनिवारदेखी सुरु भएको छ ।सोमबारसम्म संचालन हुने तालिमको उद्दघाटन शत्रलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री रोशन बहादुर गाहा थापाले सिकाइ जिवनभरी रहने प्रक्रिया रहेको भन्दै पत्रकारितामा सिक्ने धेरै अवसर हुने बताए ।मिडिया सम्बन्धी समस्यामा जानकार रहेको तर काम गर्न नपाइ सरकारबाट बाहिर पर्ने अवस्था आएको बताए । उनले बधाइ र विदाइ संगसंगै जस्तो हुन लागेको बताए । मन्त्री थापाले हुने खानेको मात्र समाचार… पुरा पढौ

भलाममा माओवादी केन्दको शुभकामना आदान प्रदान, कार्यकर्ताको भावना अनुसार अगाडी वढ्न नेतृत्वलाई सुझाव

पोखरा, २ वैशाख । नयाँ वर्ष २०८० को अवसरमा नेकपा माओवादी केन्द्र पोखरा महानगर वडा समिति वडा नं २० ले शुभकामना आदानप्रदान एवं जनतासँग पार्टी अभियान संचालन गरेको छ ।पार्टीको केन्द्रीय नीति अनुरुप सांगठनिक शुद्दिकरण र सुदृढीकरणका लागी अभियान संचालन गरिएको माओवादीले जनाएको छ । पार्टी भित्र योग्यता र क्षमताका आधारमा भन्दा नातागोता र आफन्तका आधारमा अवसर दिंदा माओवादी केन्द्र कमजोर वन्दै गएकाले यस्लाई तत्काल सच्याएर अगाडी वढ्न कार्यकर्ताले नेतृत्वलाई सुझाव दिए ।कार्यक्रमलाई सम्वोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं… पुरा पढौ

महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गर्दै महानगर

पोखरा, ०१ वैशाख । पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरिने भएको छ । लायन्स क्लब लफ इन्टरनेश्नलको आर्थिक सहयोगमा निर्माण गरिने उक्त पार्कको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नयाँ वर्ष २०८० को अवसरमा पारि शुक्रवार शिलान्यास गर्नुभएको हो ।पार्कको शिलान्यास गर्दै प्रमुख आचार्यले चार तहको प्यारा फिट शैलीमा निर्माण गरिने पार्कमा सबै देशको नाम सहितका पिल्लरहरु निर्माण गरिने र बिचमा सबैभन्दा अग्लो नेपालको झन्डा राखिने बताउनुभयो । “यसको संरचना चार तहको प्याराफिट शैलीमा निर्माण गरिनेछ, प्रमुख आचार्यले भन्नुभयो, त्यस… पुरा पढौ