पोखरा । विद्यार्थीलाई अनुसन्धान र प्रयोगात्मक कार्यमा अग्रसर गराउनका लागि पोखराको रामबजारमा रहेको एसओएस हर्मन माइनर स्कूल गण्डकीमा बृहत् विज्ञान प्रदर्शनी २०८२ सम्पन्न भएको छ । विज्ञान विभाग र एसओएस गण्डकीमा क्रियाशील सूचना तथा सञ्चार क्लवको आयोजनामा विद्यालयमा हरेक वर्ष विज्ञान प्रदर्शनी हुदै आएको छ । विद्यार्थीले सूचना प्रविधिको विकाससँगै त्यसले मानव जीवनमा पारेको प्रभाव, शहरीकरण र औद्योगिकीकरणले निम्त्याएको पर्यावरणीय असन्तुलन, कृषिमा आधुनिकिकरण, अन्तरिक्ष, जल प्रसोधन लगायत विभिन्न यान्त्रिक उपकरणहरुको उपयोगितालाई प्रदर्शनीको विषय बनाएर आफ्ना परियोजनाहरु प्रदर्शन गरेका थिए ।…
पुरा पढौ