Author Archive

भलिबल प्रतियोगिताबाट बचेको रकम तीनवटा विद्यालयलाई सहयोग

पोखरा, २८ साउन । पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाहरूद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम ३ विद्यालयलाई सहयोग गरिएको छ । वडा नम्बर १३ का युवाहरूको समन्वयमा गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँडा भेन्ट्रान्स भलिबल प्रतियोगिताबाट बचेको रकम स्वास्थ्य र शिक्षामा लगानी गर्ने निर्णयबोजिम वडा नम्बर १३ का विद्यालयहरूलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक देवेन्द्र परियारले जानकारी दिए । उनका अनुसार आर्वाविजय मावि, ढाँडबेँसीलाई १५ हजार, अमरज्योति आवि, अमलाचौरलाई २२ हजार ५०० र सिमला आवि, आर्वालाई १० हजार रुपियाँ सहयोग… पुरा पढौ

पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरिया बीच शैक्षिक समझदारी

पोखरा, २८ श्रावण । पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरिया बिच प्राविधिक शिक्षाको अध्ययनका लागि छात्रवृत्ति आदानप्रदान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । पारस्परिक लाभ, समानता, पारदर्शिता र साझा विकासको सिद्धान्तमा आधारित समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र युङजिन विश्वविद्यालयको तर्फबाट प्रोफेसर चोइ जेइयोङले हस्ताक्षर गर्नुभएको छ ।समझदारी अनुसार शैक्षिक विकासका सन्दर्भमा पोखरा महानगरपालिका क्षेत्रको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै प्राज्ञिक, सांस्कृतिक र प्राविधिक सहयोगमार्फत दुई देशबिच अन्तर्राष्ट्रिय सम्बन्ध र पारस्परिक विकासमा जोड दिइनेछ । शिक्षा, पर्यटन… पुरा पढौ

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकार राम गुरुङ र कैलाशबाबु श्रेष्ठ सम्मानित

पोखरा, २७ साउन । कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार कैलाशबाबु श्रेष्ठ (सुशिल) सम्मानित भएका छन् ।पोखराका व्यवसायी बिमलमान गुभाजू तथा उनको परिवारद्धारा आमा स्व.नेत्रकुमारी गुभाजू तथा बाबा स्व.वेदमान गुभाजूको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले मंगलबार पत्रकार गुरुङ र श्रेष्ठलाई प्रदान गरेको हो । पुरस्कृत पत्रकारहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पुरस्कार दाता बिमलमान गुभाजु र उनको परिवार, फोनिज गण्डकी अध्यक्ष खिमा कुमारी गुरुङ लगायतले दोसल्ला,… पुरा पढौ

पोखराको लेकसिटी कलेजमा पढ्दै कमाउदै परियोजना शुरु

पोखरा । पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेण्टरले आफ्ना विद्यार्थीहरुका लागि नयाँ कार्यक्रम पढ्दै कमाउदैँ परियोजना शुरु गरेको छ । परियोजना अन्तर्गत कलेजका विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर व्यवहारिक ज्ञान र सीप सिक्ने छन् । उनीहरुलाई लेकसिटी कलेजले पारिश्रमिक उपलब्ध गराउने छ । विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर अध्ययन र अनुसन्धान गर्नेछन् । मंगलबार कलेज परिसरमा आयोजित कार्यक्रममा परियोजनामा सहभागी विद्यार्थीहरुलाई नियुक्तीपत्र प्रदान गरिएको छ । परियोजनामा लेकसिटी कलेजका ६ जना विद्यार्थीहरु नियुक्त भएका छन् ।… पुरा पढौ

लायन्स क्लव अफ लेखनाथको पदस्थापन कार्यक्रम सम्पन्न

लेखनाथ । लायन्स क्लव अफ लेखनाथको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२५/२६ का लागि निर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई लायन्स क्लव ईन्टरनेशनल ३२५ आई की डिष्ट्रीक गभर्नर पार्वती खरेलले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् ।कार्यक्रममा प्रथम उपाध्यक्ष डमरुबल्लभ चापागाई,द्धितीय उपाध्यक्ष चिरञ्जीवी तिवारी,तृतीय उपाध्यक्ष महेन्द्र सिग्देल,सचिव केदारनाथ लामिछाने,कोषाध्यक्ष विष्णुबहादुर सुनार,सहसचिव सुन्दर ढकाल,प्रशासक भुवन श्रेष्ठ तथा सदस्यहरु डाक्टर प्रकाश भट्राई,ओमप्रकाश पौडेल,शिवप्रसाद लामिछाने, रविलाल सुवेदी,सुर्यप्रसाद तिवारी,शिवप्रसाद वास्तोला लगायतलाई सपथ ग्रहण गराइएको थियो ।उक्त अवसरमा बर्ष २०२४/२५ का अध्यक्ष कृष्णप्रसाद… पुरा पढौ

समाजवादको ह्याट

–कोमलनाथ वराल ‘‘समाजवादको ह्याट अर्थात टोप सवैले लगाउदा लगाउदै च्यातियो ।’ यो भनाई कुनै एक प्राध्यापकको हो । यो पंक्तिकार कलेजको विद्यार्थी हुँदा एकजना राजनीति शास्त्रका प्राध्यापकले प्राध्यापन गराउने सन्दर्भमा त्यतिवेला प्रचलित वादहरु अर्थात माक्र्सवाद देखी गान्धीवादसम्मको चर्चा गर्दा समाजवादवारे व्यक्त गरेको उनको भनाई हो यो । आजभोली जस्तै त्यतिवेला अर्थात आजभन्दा पचपन्न साठी वर्ष अघि विश्वमा समाजवादको चर्चा निकै चलेको थियो । किनकी तयतिवेला सोभियतसंघ, पूर्वी युरोपका देशहरु चीन, कोरिया तथा भियतनाम साथै कम्वोडियासम्म समाजवादको छाल पुगेको थियो ।… पुरा पढौ

पोखराका ज्येष्ठ नगर पिता १०६ वर्षीय दहालको निधन

पोखरा, २३ साउन । पोखरा महानगरपालिका भरिकै ज्येष्ठ नागरिक नगर पिता नन्दलाल दाहालको १०६ वषर्को उमेरमा आज (शुक्रबार) बिहान निधन भएको छ । विगत २० वर्षदेखि पोखरा महानगरपालिका वडा नं १७ सीतापाईला स्थित पोखरा वृद्धाश्रममा आश्रित दाहालको १०६ वर्षको उमेरमा आज बिहान १०.३० बजे वृद्धाश्रममा नै निधन भएको पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिनुभयो । उहाँको आजै पोखराको दोविल्ला घाटमा अन्त्यष्टि गरिएको छ । दाहाललाई गत वर्ष पोखरा महानगरपालिकाले ज्येष्ठ नगर पिताको रुपमा सम्मान गरेको थियो । कास्कीको माछापुच्छ«े… पुरा पढौ

कास्कीमा नेपाल प्रेस युनियनको सदस्यता अभियान सुरु

पोखरा, २३ साउन । नेपाल प्रेस युनियन कास्कीले सय दिने सदस्यता अभियान सुरु गरेको छ ।नयाँ सदस्य संख्या वृद्धि र पुराना सदस्यलाई सक्रिय र व्यवस्थित बनाउने उद्देश्यसहित नेपाल प्रेस युनियनले साउन १५ देखि सदस्यता अभियान सुरु गरेको थियो । सोही कार्यक्रम अन्तर्गत कास्की शाखाले केन्द्रीय अध्यक्ष शिव लम्सालको उपस्थिती यो अभियान सुरु गरेको हो ।अभियानमा केन्द्रीय अध्यक्ष लम्सालले कास्कीमा क्रियाशील पत्रकारहरु विमलप्रसाद तिवारी (रुपन्देहीबाट स्थानान्तरण), सागर ढकाल, भानुभक्त पाण्डे, रिदेश सुनार, सुजन पौडेल र विनोद पहारीलाई सदस्यता दिएर अभियानको शुभारम्भ… पुरा पढौ

नारायणस्थानमा चतुर्मास व्रत अनुष्ठान तथा श्रीमद्भागवत कथा संचालन

पोखरा । श्री लक्ष्मीनारायण मन्दिर, पोखरा महानगरपालिका वडा नं.३, नारायणस्थानका पीठाधीश्वर अनन्त श्रीविभूषित श्रीमद्जगद्गुरु श्रीरामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरुदेवको पवित्र सत्संकल्पमा यसपटकको चतुर्मास व्रत अनुष्ठान तथा हिमालयन सिद्धमहायोग ध्यान साधना कार्यक्रम असार २७ गतेदेखि नियमित संचालन भइरहेको छ । यस अवसरमा श्रीकृष्ण जन्माष्टमीको पावन पृष्ठभूमिमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत श्रावण २४ गतेदेखि ३१ गतेसम्म श्रीमद्भागवत महापुराणको भक्ति रसामृतमय कथा वाचन गरिने भएको छ । कथा वाचन भारतवर्षका विशिष्ट संतहरू श्रीमद् रामचरितमानस एवं विनय पत्रिकाका किंकर संगीताचार्य पण्डित डा. महेशदत्त… पुरा पढौ

पर्यटक यातायातलाई गुणस्तरीय र प्रभावकारी बनाउन तालिम

पोखरा, २२ साउन । पर्यटन यातायात सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश तथा नेपाल पर्यटक यातायात व्यवसायी संघ, गण्डकी प्रदेशले पोखरामा पर्यटन यातायात क्षेत्रका चालक, सहचालक तथा व्यवसायीलाई तालिम दिएका छन् ।एक दिवशीय तालिममा कुल १४५ जना सहभागी भएका छन् ।तालिमको उद्घाटन गर्दै पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले पर्यटक यातायात सेवालाई व्यवस्थित गराउनका लागि तालिम महत्वपूर्ण बन्ने बताउनुुभयो ।नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले सवारी चालक तथा सहचालकले गर्ने… पुरा पढौ