पोखरामा वीपी स्मृति दिवसमा वक्तृत्वकला प्रतियोगिता

-


     गण्डकी बहस     
     श्रावण ४ गते २०८३ मा प्रकाशित


पोखरा, ४ साउन । ४४ औं वीपी स्मृति दिवसको सन्दर्भमा नेपाली काँग्रेस कास्कीले विद्यार्थी बीच वक्तृत्वकला प्रतियोगिता गरेको छ ।

अहिलेका युवाले वीपीबाट के सिक्ने ? भन्ने विषयमा आयोजित प्रतियोगितामा एसओएस् हर्मन माइनर विद्यालयकी प्रेरिका बराल प्रथम भएको नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।

प्रतियोगितामा लक्ष्मी आदर्श माविकी सम्झना बेलवासे द्दितिय, एसओएस कै अनुजा गौतम तृतिय र रामज्योती माविकी स्वेच्छा परियार सान्त्वना भएकी छन् । विजेतलाई क्रमशः १० हजार, आठ हजार, पाँच हजार र दुई हजार सहित प्रमाण पत्र वितरण गरिने छ । साउन ६ गते पार्टी कार्यालयमा हुने कार्यक्रममा उनीहरुलाई पुरस्कृत गरिने प्रवत्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।

निर्णायक मण्डलमा डा. यमनाथ तिमिल्सिना संयोजक र दिपेन्द्र पराजुली, कपिलमणी दाहाल सदस्य रहनुभएको थियो । वीपी स्मृति दिवसकै सन्दर्भमा पोखराको पर्यटन सम्वन्धी पोलिसी लेखन प्रतियोगिता पनि संचालन गरिएको छ ।

नेपाली काँग्रेस कास्कीका उपसभापति एवं कार्यक्रम संयोजक युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा सभापति किशोरदत्त बराल, सचिव देवेन्द्र रानाभाट, सहसचिव एवं प्रवत्ता नवीन सिग्देल, सहसचिव शंकर ढुगांना लगायतले बोल्नुभएको थियो ।