
पोखरा, २९ असार । युद्धविराम संझौता खुल्ला रुपमा उल्लंघन गरेको अमेरिकालाई आफ्ना विरुद्ध भूमी तथा सैन्य सहयोग गर्दै आएका खाडी मुलुकहरुलाई ईरानले प्रतक्ष निशाना वनाउने चेतावनी दिएको छ । इरानले आफूविरुद्ध प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुने वा सहयोग गर्ने जुनसुकै राष्ट्रलाई आफ्नो सेनाले जवाफी कारबाहीमा निशाना बनाउने चेतावनी दिएको हो ।
खाडी मुलुकहरुमा खडा गरिएका वेसक्याम्पहरुवाट अमेरिकाले ईरानमाथी सैन्य आक्रमण गर्दै आएको छ ।
ईरानको विदेश मन्त्रालयले त्यहाको सरकारी सञ्चारमाध्यममार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा अन्तर्राष्ट्रिय कानुनअनुसार छिमेकी राष्ट्रहरूको दायित्व आक्रमणकारी देशलाई आफ्नो भूमि वा सैन्य अड्डा प्रयोग गर्न नदिनु रहेको उल्लेख गरेको छ ।
अमेरिकाको पछिल्लो आक्रमणमा परि इरानको यातायात सञ्जाल, माछा मार्ने डुंगा, मालवाहक जहाज, मौसम विभागका भवन तथा अन्य सरकारी संरचनाहरू ध्वस्त भएका छन् । इरानले यसलाई गम्भीर युद्ध अपराधको आरोप लगाउदै आएको छ ।









