गण्डकी सेरोफेरो

जिल्ला प्रशासन कार्यालय कास्कीमा अत्यावश्यक बाहेकका सेवा बन्द

पोखरा, १० माघ/ जिल्ला प्रशासन कार्यालय कास्कीमा कारेरत कर्मचारीमा कोरोना संक्रमण देखिएको र जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै कार्यालयमा कारेरत केही कर्मचारी कोरोना संक्रमित भइ आइसोलेसनमा रहेको र थप कर्मचारीमा समेत लक्षण देखिएकोले सेवा बन्द गर्नु परेको विज्ञप्तीमा उल्लेख छ । शान्तिसुरक्षा, मुद्दा व्यवस्थापन, विपद् व्यवस्थापन तथा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा माघ ११ देखि अर्को सुचना नआए सम्मका लागि सेवा बन्द गरेको जनाएको छ । यसअघि… पुरा पढौ

पोखरा निर्माण व्यवसायी धनपति १० दिनदेखि सम्पर्कविहीन

पोखरा, ८ माघ/ पोखरामा लामो समयदेखि निर्माण व्यवसायमा संलग्न रोल्पाका धनपति बुढामगर १० दिनदेखि सम्पर्कविहीन बनेका छन् । पोखरा लामाचौर बस्दै आएका मगर कास्कीकै धम्पुसबाट पोखरा आएपछि पुस ३० बाट सम्पर्कविहीन बनेको उनकी श्रीमति टेकमा बुढामगरले जानकारी दिएकी छन् । ३७ वर्षीय धनपतिको परिवार निर्माण कामकै शिलशिलामा धम्पुस पुगेको र त्यहाँबाट मोटरसाइकल लिन पुस २७ गते मगर पोखरा झरेको टेकमाले जानकारी दिइन् । ‘उहाँको बाइक बिग्रेको थियो । बाइकवालाले बोलाएपछि लिन आउनु भएको हो,’ उनले भनिन्, ‘३० गते फोनमा पनि… पुरा पढौ

दक्ष जनशक्ति उत्पादनमा पोउवा संघ र सिटिइभिटीबीच सहकार्य

पोखरा, ५ माघ / पोखरा उद्योग वाणिज्य संघ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बजारको आवश्यकता अनुरुपको तालिम आयोजना गर्न तयार भएका छन् । संघ तथा सिटिइभिटी गण्डकीबीच मंगलबार भएको अन्तरक्रिया कार्यक्रममा सो सहमति बनेको हो । कार्यक्रममा व्यवसायीहरुले बजारको आवश्यकता अनुरुपको तालिममा जोड दिए भने सिटिइभिटीबाट सोही अनुरुपको तालिम दिने प्रतिवद्धता व्यक्त भयो । बजारको आवश्यकता अनुरुपको तालिम छिट्टै संचालनमा ल्याइने पनि सो अवसरमा जानकारी गराइयो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले सानो पुँजीबाटै… पुरा पढौ

कास्की जिल्ला प्रशासनको कोरोना मापदण्ड सम्बन्धी नयाँ आदेश

कास्की जिल्ला प्रशासनको कोरोना मापदण्ड सम्बन्धी नयाँ आदेश पुरा पढौ

नयाँबजारमा भूकम्प सुरक्षा दिवस

पोखराको नयाँबजारमा स्थानीय आइतबार भूकम्प सुरक्षा दिवस मनाएका छन् । विसं १९९० माघ २ गते गएको भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । गोरखा भूकम्पछि स्थानीयले आश्रय लिएको पोखरा नयाँबजारको चौरलाई खुला चौरकै रुपमा छाड्न स्थानीयले माग गरेका छन् । त्यहाँ पोखरा महानगरपालिकाले भवन बनाउन लागेको छ । अघिल्लो साल ७० लाख खर्चेर बनाइएको सहरी स्वास्थ्य केन्द्रको भवन भत्काएर महानगरले भवन बनाउन लागेको हो । चारैतिर बाटो भएकाले मापदण्ड… पुरा पढौ

गण्डकी प्रदेशका जाती, नृत्य र बाजाको बारेमा अनुसन्धान हुँदै

पोखरा, १ माघ/ गण्डकी प्रदेशका जाती, नृत्य र बाजाको बारेमा अनुसन्धान हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने सो अनुसन्धान कार्यको लागि १४ जना अनुसन्धानकर्ता छनोट भएका छन् । यसरी छनोट भएका अनुसन्धानकर्ता मार्फत पहिलो चरणमा प्रदेशका १४ जाती, हरेक जातीका ३ लोक नृत्य गरेर ४२ लोक नृत्य तथा हरेक जातीका ५ बाजा गरेर ७० वटा बाजाको अनुसन्धान गर्नेगरी प्रतिष्ठानले काम अगाडि बढाएको हो । अनुसन्धान गर्न छनोट हुनुभएको अनुसन्धानकर्तामा थकाली जातीको लागि ज्योति भट्टचन, कुमाल जातीको लागि… पुरा पढौ

माघे संक्रान्ति एवम् माघी पर्वको अवसरमा गण्डकी प्रदेश प्रमुख गुरुङद्धारा शुभकामना

पोखरा, १ माघ/ गण्डकी प्रदेश प्रमुख पृथ्वी मान गुरुङले नेपालका विभिन्न जातजाति तथा समुदायहरूद्वारा मनाइने माघे संक्रान्ति एवम् माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।प्रदेश प्रमुख गुरुङले एक शुभकामना सन्देश जारी गर्दै जातीय तथा धार्मिक–सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँने र नयाँ वर्ष मान्ने गरेको बताउनु भयो । उहाँले मगर… पुरा पढौ

माघी पर्वका अवसरमा मुख्यमन्त्री पोखरेलको शुभकामना

पोखरा, १ माघ/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको संक्रमण व्यापकरुपमा फैलिइरहेकाले स्वास्थ्य मापदण्ड अपनाएर सजग भई पर्व मनाउन आग्रह गरेका छन् । माघे संक्रान्ति अर्थात् माघी पर्व २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा आरोग्य, समृद्धि, सुख शान्ति एवं उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन् । उनले भनेका छन्, ‘यस दिनलाई भिन्न समुदायले आआफ्नै तरिकाले मनाउने गर्नुभएको छ । थारु, मगर र छन्त्याल समुदायका लागि… पुरा पढौ

प्रभावकारी बन्दै विद्युतीय हस्ताक्षर प्रणाली

पोखरा, १ माघ / नेपालमा पछिल्लो सयम विद्युतीय कागजातलाई संग्रहीत गर्ने एवम् ईमेलमा विद्युतीय हस्ताक्षरको प्रयोग प्रविधि प्रभावकारी बन्दै गएको छ । वातावरणमैत्री, सुरक्षित तथा कम खर्चमा छिटोछरितो कार्य सम्पादन गर्न सकिने नविनतम प्रविधिले सरकारी, गैरसरकारी एवम्् निजी संस्था बिच पत्र आदानप्रदानको कानूनी मान्यता प्राप्त गरेसंगै विद्युतीय हस्ताक्षर प्रभावकारी बनेको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रमाणीकरण नियन्त्रकको कार्यालय, सूचना प्रविधि विभाग, नेपाल उड्डयन प्राधिकरण, आन्तरिक राजश्व विभागमा यो प्राणली लागु गरिसकिएको छ । त्यस्तै निजामति किताबखाना, लोक सेवा आयोग, काठमाडौ… पुरा पढौ

स्वर्णचुल राजचिचिल्कोटे ४५ वर्ष पछि भेटियो पोखरा उपत्यकामा

पोखरा, ३० पुष/ विरल तथा स्थानिय आबासिय स्वर्णचुल चिचिल्कोटे ४५ वर्ष पछि दोस्रो पटक पोखरा उपत्यकामा हालै अभिलेख गरिएको छ । राष्ट्रिय स्तरमा संकटापन्न यस प्रजातिलाई सन् १९७७ मा वरिष्ठ चराविद हरिशरण नेपाली काजीले रुपाताल आसपासको क्षेत्रमा पहिलो पटक भेटेका थिए । पंछी अवलोकनका क्रममा पर्यटन ब्यवसायी दामोदर भक्त थापाले पनि रुपातालकै क्षेत्र आफ्नै होटल रुपा भ्यू परिसरमा फोटो सहित उपत्यका का लागि दोस्रो पटक अभिलेख गराएका छन् । सन् १८३८ मा नेपालका लागि ब्रायन हड्सनले पहिलो पटक अभिलेखका साथै… पुरा पढौ