मनोरन्जन

इन्द्रेणीको ५६ औ साधारण सभा , सात विद्यार्थीलाई सम्मान

पोखरा १७ साउन पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको ५६ औ साधारण सभा शनिबार सम्पन्न भएको छ । २० वैशाख २०३७ मा स्थापना भएको केन्द्रको साधारण सभाको केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुलीले उद्घाटन गरेका थिए । साधारण सभाले केन्द्रले गत आर्थिक वर्ष २०८१÷२०८२ मा संचालन गरेको विभिन्न काम र गतिविधिको समिक्षा सगै चालु आर्थिक वर्ष २०८२÷२०८३ मा गर्न प्रस्ताव गरिएका कार्यक्रमहरु र त्यसलाई संचालन गर्न आवश्यक बजेट समेत पारित गरेको थियो ।पारित कार्यक्रमहरुमा केन्द्रका सदस्यहरुलाई… पुरा पढौ

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

पोखरा । श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शनिबारदेखि समापन भएको छ । ६१ दिन लामो कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ ।कोटीहोममा करिब नौ करोड रुपैयाँ संकलन भएको कोटीहोमका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए ।कोटीहोमको सबै हिसावकिताव असार भित्रै फरफारक गरिने, पत्रकार सम्मेलन र सार्वजनिक सुनुवाई गरेरै आयव्यय सार्वजनिक गरिने उनले जानकारी दिए ।संकल्पकर्ता महाराजजीले कोटीहोमको केही आम्दानी मानव सेवा फाउण्डेशन, छोरीको घर र मानव कल्याणमा लगाउने… पुरा पढौ

कोटीहोममा भोलि शनिवार २१ करोड दीप प्रज्ज्वलन गरिँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार २१ करोड दीप प्रज्ज्वलन हुने भएको छ । यति ठूलो दीप प्रज्वलन सम्भवतः हालसम्म कहीँ पनि नभएको आयोजकको दावी छ । मानव सेवा फाउण्डेशनका व्यवस्थापक विष्णु थापाले आआफ्नो घरबाट ज्योती लिएर दीप प्रज्ज्वलनमा सहभागी हुन भक्तजनलाई आग्रह गरेका छन् । शनिबार बिहान १० बजे ज्योती भिजाउने र साँझ ६ बजे प्रज्ज्वलन गरिने थापाले बताए । शनिबार निर्जला एकादशीसमेत परेकाले फूलको होली खेलिने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक लेखराज… पुरा पढौ

पोखराको सर्वेश्वर व्यवसायी समिति व्यापार प्रवद्र्धन गर्न उत्तरी छिमेकी जिल्लाहरुको भ्रमणमा

पोखरा, ७ जेठ । पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरु उत्तरी छिमेकी जिल्लाहरुमा व्यापार प्रवद्र्धनका लागि निस्केका छन् । सो क्षेत्रका व्यवसायीहरुको छाता संस्था सर्वेश्वर व्यवसायी समितिको आयोजनामा त्यस क्षेत्रका २९ जना व्यवसायीहरुको टोली व्यवसायीक भेटघाट, अन्र्तक्रिया तथा क्यालेन्डर वितरणका लागि उत्तरी छिमेकी जिल्लाहरुको ५ दिने भ्रमणमा निस्केको हो । समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)को नेतृत्वमा निस्केको सो टोली पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ पुगेर व्यवसाय प्रवद्र्धन गर्ने जनाइएको छ ।टोलीले पर्वतको कुस्मा, डिमुवा, पातीचौर… पुरा पढौ

पोखरा महोत्सवमा शनिवार प्रकाश दुतराज र भिटेन आउने

पोखरा । पोखराको अमरसिंह खेल मैदानमा जारि बाह्रौं संस्करणको पोखरा महोत्सवमा शनिवार प्रकाश दुतराज र भिटेनको प्रस्तुती रहने भएको छ । महोत्सवको नवौ दिन शनिवार महोत्सवमा पछिल्लो समय चर्चित लोकदोहोरी गायक तथा सर्जक प्रकाश दुतराज र सांझको लाइभ कन्सर्टमा युवाहरुबीच चर्चित भिटेनको प्रस्तुती रहने महोत्सव प्रचार प्रचार संयोजक दिनेश सुनारले जानकारी दिए ।दुतराज संगै शनिवार महोत्सवमा लोकदोहोरी तर्फ सम्झना लामिछाने मगर, जीवन दाहाल, दिनेश काफ्ले, सुरेन्द्र गुरुङ, कल्पना आले, प्रेमराज अधिकारी, प्रिन्स लम्साल, अंकिता गुरुङ लगायतको प्रस्तुती रहने छ ।महोत्सवको… पुरा पढौ

लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारको ग्राण्ड ओपनिङमा प्रकाश सपुतको प्रस्तुती रहने

पोखरा ९ जेठ । पोखराको अमरसिंह चोकमा रहेको होटल टास्कको तेस्रो आउटलेट लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारको ग्राण्ड ओपनिङ तथा फुड कार्निभलमा अहिलेका चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको प्रस्तुती रहने भएको छ ।होटल टास्कको तीनवटै आउटलेटबाट ःच्ए (न्युनतम खुद्रा मुल्य) मा बियर बिक्री वितरण गर्दै आइरहेकोमा तेस्रो आउटलेट लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारको ग्राण्ड ओपनिङ आगामी जेठको १३ गते शनिबार चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको प्रस्तुती रहने होटल टास्कका सञ्चालक मीन गुरुङले जानकारी दिए ।“सबैको लागि लेकाली, संधैको लागि लेकाली”… पुरा पढौ

आमा भनेकै आमा हुन’ वोलको गीत लोकार्पण

पोखरा ६ बैशाख । आमाको मुख हेर्ने दिनको अवसर पारेर ‘आमा भनेकै आमा हुन्’ गीतको भिडियोको बुधबार पोखरामा लोकार्पण गरिएको छ ।संचारकर्मी सञ्जयकुमार मल्लले लेखेको गीतमा विनोद बानियाँको स्वर रहेको छ । भिडियोको गीतकार मल्ल र गायक बानियाँका आमा चिजमाया मल्ल र शान्ति बानियाँले एक कार्यक्रमकाबीच लोकार्पण गरे । भिडियोको निर्देशन नेत्र गुरुङले गरेका हुन् ।गीतकार मल्लले आफ्नो पेशा संचारकर्म भएपनि साहित्य रूचिको बिषय भएको बताए । रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर समेत रहेका मल्लले सन् २०१५ मा मातातिर्थका दिन आमालाई… पुरा पढौ

‘मेरो गाउँ, मेरो ठाउँले निकै गहिरो र व्यापक अर्थ राख्छ’ – केपी शर्मा ओली

भिडियो च्यालेन्ज अभियानमा लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता पोखरा, १ वैशाख । आफ्नो गाउँ, आफ्नो ठाउँ कसलाई पो मन नपर्ला १ त्यसमाथि यस्तो गाउँ आफैमा मनमोहक छ भने सुनमा सुगन्ध भइहाल्यो । उत्तिकै चित्ताकर्षक छ भने पर्यटक आगमनका लागि स्वागतको ढोका खोलिने भइहाल्यो । यसले आन्तरिक र बाह्य पर्यटनको क्षितिज उघार्ने अवसर पनि दिने नै भयो । रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रमा टेवा पनि दिने यो भन्दा काइदाको कुरा के होला रु नयाँ दुलहीझैँ घुम्टोभित्र रहेका नेपालका मनै लोभ्याउने गाउँ–ठाउँलाई सबैको… पुरा पढौ

मिस तामाङ पोखराको उपाधि मान्सीलाई

पोखरा १६ माघ / बैदाम तामा तामाङ सेवा समाजको आयोजनामा भएको छैटौं मिस तामाङको उपाधि पोखरा रानीपौवाकी मान्सी तामाङले जितेकी छन् । उनले शनिबार पोखरामा सम्पन्न ग्राण्ड फिनालेमा ९ प्रतियोगीहरुलाई पछि पार्दै बेस्ट स्माइल टाइटल सहित १ लाख पुरस्कार हात पारिन् । प्रतियोगितामा मिस अर्गनाइज्डको टाइटल सहित आशिका तामाङ फस्ट रनर अप बनिन् । उनले रु. ५० हजार नगद पुरस्कार प्राप्त गरिन् । यस्तै, सेकेन्ड रनर अप पूजा तामाङ भइन् । उनले ३० हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् ।… पुरा पढौ

मिस तामाङ पोखराको टयालेन्ट राउण्ड

पोखरा, ९ माघ/ छैठौं मिस तामाङ पोखरा–२०२२ को टयालेन्ट राउण्ड सम्पन्न भएको छ । बैदाम तामाङ सेवा समाजद्धारा आयोजित प्रतियोगिताको टयालेन्ट राउण्ड अन्तर्गत शनिबार भएको प्रतियोगितामा १० प्रतियोगिहरुले आ–आफ्ना प्रस्तुति प्रस्तुत गरेका थिए । प्रतियोगिताका निणार्यकहरुमा मिस पोखराका संस्थापक राजु केसी, कोरियोग्राफर राम लामा, निलिमा तामाङ्ग र अभिनेतृ जान्वी बोहरा रहेका थिए । कार्यक्रममा बोल्दै आयोजक बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गले मिस तामाङ्गले तामाङ्ग समुदायका युवतीहरुको प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले मौलिक भाषा र… पुरा पढौ