Author Archive

पोखरामा भिषण असिनापानी, मुख्य बजारमा यातायात ठप्प (भिडियो सहित)

पोखरा, ८ फागुन/ पोखरामा इतिहासकै बाक्लो र धेरै असिना परेको छ । असिना पानीले पोखराको सडक केहिवेर अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चोक, रानिपैवा भागमा असिनाले सडकनै छोपीएको थियो । सडमा परेको असिना हटाउन डोजरको समेत प्रयोग गरिएको थियो । असिनाले गुडिरहेका सवारी साधन रोकिएका थिए । सडकमा व्यापार गरेर बसेका मानिसहरु बिचल्लीमा परेका थिए ।पोखरामा बिहानैदेखि मौसम अध्यारो भएपनि यति धेरै असिना पानी आउने आकलन गरीएको थिएन । असिनाले जनजीवन साथै व्यापार व्यसाय प्रभावित परेको… पुरा पढौ

गण्डकी बहुप्राविधिक शिक्षालयको ११ करोड ४२ लाख लागत भवन बन्दै

पोखरा, ७ फागुन/पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयको आफ्नै स्थायी संरचना बन्ने भएको छ । पोखरा २९ खल्याणस्थित शिक्षालयको नयाँ भवन निर्माणका लागि शनिबार मेयर मानबहादुर जिसी, संघीय सांसद तथा पूर्वगृहमन्त्री खगराज अधिकारी र प्रदेश सांसद दीपक कोइरालाले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । आउँदो वर्षको फागुन २९ गतेसम्म निर्माण सक्ने गरी भूमि इन्फास्ट्रक्चर प्रालिले ठेक्का लिएको छ । उक्त कम्पनीले ११ करोड ४२ लाख रुपैयाँमा योजना सम्पन्न गर्ने गरी जिम्मा लिएको महानगरका इन्जिनियर लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । भवन… पुरा पढौ

पोखरा म्याराथनको उपाधि केन्याली धावकलाई

पोखरा म्याराथनको उपाधि केन्याली धावकलाई
पोखरा, ७ फागुन/ १६ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । महिला तर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले उपाधि रक्षा गरेकी छन् । नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको किर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन् । उनी पोखरा म्याराथन जित्ने दोस्रो धावक हुन् । १५ औं संस्करणमा जापानीज धावकले उपाधि जितेका छन् । केन्याली धावक कोसगेईले २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै… पुरा पढौ

गण्डकी प्रदेश स्थापनाको अवसरमा बुधबार (भोलि) सार्वजनिक बिदा

पोखरा, ४ फागुन/ गण्डकी प्रदेश स्थापनाको अवसर पारेर गण्डकी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना दिवसको अवसरमा फागुन ४ गते बिदा दिने सुचना प्रकाशन गरेको छ । मंगलबार बसेको गण्डकी प्रदेशका मन्त्री परिषद्को बैठकले विदा दिने निर्णय गरेको हो । ‘गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय भएको आन्तिरी मामिला मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । पुरा पढौ

पोखरामा अन्नपूर्ण केबलकार फागुन ६ गते देखी संचालनमा आउने

पोखरा, ३ फागुन/ पोखरामा अन्नपूर्ण केबलकार फागुन ६ गते देखी संचालनमा आउदने भएको छ । पोखरा–१८ सेदीबाट सराङ्गकोट जाने गरी निर्माण गरिएको केबलकार सञ्चालनका लागि तयारी भएको पत्रकार सम्मेलनमा अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एंवम निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए । २.१६५ किलोमिटर लम्बाइको केबलकारका १८ वटा टावर रहेका छन् भने एक सामान बोक्नेसहित १८ वटा गोन्डला रहेका छन् । प्रतिडिब्बामा ८ जनाको सिट क्षमता रहने छ । केबलकार सञ्चालनमा आउदा २५ जना भन्दा बढिले रोजगारी पाउने त्रिपाडीले जानकारी दिए ।… पुरा पढौ

एसईई परीक्षाको बैशाख ९ गते देखी (तालिका सहित)

पोखरा, २७ माघ/ २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) बैशाख ९ गते देखी हुनेभएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको तालिका अनुसार वैशाख ९ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुने छ । वैशाख ११ गते अनिवार्य गणित, १२ गते अनिवार्य नेपाली, १३ गते अनिवार्य विज्ञान परीक्षा हुने छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर वैशाख २० गते सकिने… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गर्ने बुद्ध एअरको तयारी

दुर्गा खनाल । काठमाण्डौ /२५ माघ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बुध्द एअरले पाँच वटा जहाजमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान भर्ने तयारी गरिरहेको गरेको जनाएको छ । विमानस्थल सञ्चालनमा आएपछि बुद्धले पोखराबाट भारतको नयाँदिल्ली, देहेरादुनमा सिधा उडान गर्ने तयारी गरेको जनाएको छ । त्यसैगरि पोखराबाट धौलागिरीदेखि सगरमाथासम्मको हिमश्रृंखला दृश्यावलोकन उडान तथा काठमाडौं र अन्य शहरहरुसँग आवश्यकता अनुसारको दैनिक सिधा उडानहरु भर्ने योजना रहेको कम्पनीले विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ । विमानस्थलको पूर्वाधारमा ‘ट्याक्सी–वे’लाई ‘रनवे’को एकातर्फबाट मात्र जोडिएको हुँदा… पुरा पढौ

पर्यटन प्रबद्र्धन गर्न नयाँ आकर्षण आवश्यक छः मन्त्री बराल

पोखरा, २५ माघ/ गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पर्यटन प्रबद्र्धन गर्न नयाँ आकषर्ण आवश्यक भएको बताउनु भएको छ । पोखरा २२ पुम्दी भुम्दी स्थित अर्चलवोट आमा समुहको सामुदायिक बहुउद्धेश्य भवनको मंगलबार एक समारोहका बिच शिलन्यास गर्दै मन्त्री बरालले अबको पर्यटन प्रबद्र्धन गर्न नयाँ आकषर्ण आवश्यक भएको बताउनु भएको हो । गाउँको विकासको लागि स्थानियले आफ्नो माटो सुहाउदो फलफुल तरकारी तथा माछा एवं मासु उत्पादन गरेर पनि आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनु भएको मन्त्री बरालले पर्यटकहरुलाई आकषर्ण… पुरा पढौ

स्थानीय तहको निर्वाचन वैशाख ३० गते

पोखरा, २४ माघ/ सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते शुक्रबार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ वैशाख ३० मा एकै चरणमा चुनाव गर्ने निर्णय गरेको हो । २०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय चुनावबारे छलफल गरेका थिए। प्रधानमन्त्री देउवाले आइतबार प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्थानीय चुनाव, एमसिसीलगायत विषयमा… पुरा पढौ

पोखरा म्याराथनको विजेता धावकलाई युकेको म्याराथनमा सहभागिता गराइने

पोखरा म्याराथन
पोखरा, २२ माघ/ पोखरा संगै युकेमा समेत १६ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको रौनक समेत उत्तिकै बढ्दै गएको छ भने विजेता धावकहरुले समेत नयाँ अवसर पाउने भएका छन् । पोखरा म्याराथन सफल बनाउन म्याराथनको आयोजक भुतपुर्व खेलाडी मञ्च नेपालको अन्तर्राष्ट्रिय सहयोगी संस्था पोखरेली मञ्च यूकेले संयोजनको भूमिका खेलिरहेको मात्रै छैन पोखरा म्याराथनमा विजेता नेपाली धावकलाई युकेमा आयोजना हुने म्याराथनमा सहभागिता गराउने भएको छ । दुई वर्ष अघि नै घोषणा गरेको आफ्नो कार्यक्रमलाई पोखरेली मञ्च युकेले निरन्तरता दिन लागेको हो… पुरा पढौ