
सुधन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् । विचाैलिया दिपक भट्ट सँगकाे व्यापारीक साँझेदारी र संपती संवन्धि विवादमा तानिएका गुरुङलाई सरकारले गठन गरेको छानवीन समितिले सफाई दिएपछि उनी पुन गृहमन्त्री वन्न लागेका हुन। उनले गत वैशाख ९ गते गृहमन्त्री वाट राजिनामा दिएका थिए । गुरुङ सँगै स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेका प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
गुरुङ र पुन दुवैजनाकाे मंगलबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा शपथकाे तयारी भईरहेकाे श्राेतले जनाएकाे छ । गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा पुन म्याग्दीबाट स्वतन्त्र सांसदका रूपमा निर्वाचित भएका थिए । पुन यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री थिए ।







