
पोखरा । भलिवल खेलका पुर्व राष्ट्रिय खेलाडी योगेन्द्र बहादुर बस्नेत पोखरामा सम्मानित भएका छन् ।पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरद्वारा संचालित स्वर्गीय उदय बहादुर बस्नेत स्मृति भलिवल पुरस्कारबाट बस्नेत सम्मानित भएका हुन् । क्लवको २९ औं बार्षिक साधारण सभाका अवसरमा उनलाई कार्यक्रमका प्रमुख अतिथी संस्थापक अध्यक्ष तीर्थमान तामाङ , मानार्थ सदस्य पुर्व मन्त्री कुमार खड्का, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना, पुर्व वडाध्यक्ष जीवनप्रसाद आचार्य, क्लवका मानार्थ सदस्य वेनीबहादुर बस्नेत, स्वर्गीय उदयबहादुर बस्नेतकी धर्मपत्नी गणेशकुमारी बस्नेत,क्लवका पुर्व अध्यक्ष जीवनारायण श्रेष्ठले नगद १० हजार, सम्मानपत्र र सल सहित सम्मान गरे ।सोही अवसरमा क्लवले बिभिन्न बिधाका उत्कृष्ट सदस्यलाई अवार्डबाट सम्मान गर्यो । वेष्ट प्रोजेक्ट अवार्डबाट दुर्गालाल श्रेष्ठ,वेष्ट कोअर्डिनेटर अवार्ड प्रकाश थापा, उत्कृष्ट कर्मचारी अवार्ड लक्ष्मी पौडेल, सरीता अधिकारी र बर्षकै उत्कृष्ट सदस्य अवार्डबाट सुचना अधिकारी शिवराज देवकोटा सम्मानित भए ।
यसअघि साधारण सभाको उद्घाटन गर्दै संस्थापक अध्यक्ष तामाङले सामाजिक क्षेत्रमा संस्थाले पुर्याएको योगदानको प्रशंसा गर्दै, समाजको विकास र रुपान्तरणमा यस्ता संघ संस्थाको भुमिका महत्वपुर्ण हुने बताए । कार्यक्रममा सम्मानित व्यक्ति बस्नेतले पुरस्कार स्वरुप प्राप्त गरेको रकममा ५ हजार थप गरी १५ हजार रुपैंया अक्षयकोषमा नै सहयोग गरेका छन् । प्रतिभा छनोट समितिका संयोजक रामबहादुर बाँनियाले सम्मानित व्यक्तिको परिचय गराएको कार्यक्रममा पुर्व अध्यक्ष सुशील बस्नेत,सदस्य लक्ष्मी श्रेष्ठ, पुरस्कृत एवं सम्मानित खेलाडी योगेन्द्रबहादुर बस्नेत लगायतले सामाजिक क्षेत्रमा क्लवले पुर्याएको योगदानको चर्चा गरेका थिए ।पुरस्कार छनोट समितिमा संयोजक रामबहादुर बाँनिया,राजेन्द्रबहादुर देवकोटा,प्रकास थापा र तुलबहादुर बस्नेत थिए ।
क्लवका अध्यक्ष मोहनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव तुलबहादुर बस्नेतले गरेका थिए । सभाले सचिव बस्नेत र कोषाध्यक्ष लक्ष्मी पोडेलले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ ।
बाटुलेचौर हिमालय सहकारीमा दुर्गालाल
पोखरा १६ मा रहेको बाटुलेचौर हिमालय कृषि सहकारी संस्थाको अध्यक्षमा दुर्गालाल श्रेष्ठ चयन भएका छन् । विहीबार सम्पन्न नवौं साधारण सभाले श्रेष्ठको अध्यक्षतामा संचालक समिति चयन गरेको हो । समितिको सदस्यमा शिवराज देवकोटा,गोविन्दबहादुर थापा,लक्ष्मी श्रेष्ठ,झलक थापा मगर,प्रकाश थापा र मनु बस्नेत छन् ।
सहकारीको लेखा समितिमा राजेन्द्र शाही ठकुरी, शर्मिला थापा र विश्व केसी चयन भए । सहकारीले आर्थिक बर्ष २०८१ – ०८२ को आर्थिक प्रतिवेदन समेत पारित गर्यो ।







