फोवाताल जोगाउन डुंंगादौड प्रतियोगिता

-


     गण्डकी बहस     
     जेठ १९ गते २०८२ मा प्रकाशित


पोखरा, १८ जेठ । पोखराको फेवातालमा आइतबार भएको दोश्रो राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगितामा पुरुषतर्फ हर्पन सहकारी संस्थाको ‘बी’ समूह र महिलातर्फ ताल पारीको ‘बी’ समूह प्रथम भएका छन् । विजेता दुवै समूहले नगद रु ४० हजार सहित ट्रफि, मेडल, प्रमाण–पत्र प्राप्त गरे । प्रतियोगितामा पुरुषतर्फ बाराही डुंगा घाटले दोश्रो, स्विमिङपुल घाटले तेश्रो र फिष्टेल घाटले सान्त्वना स्थान हाँसिल गरे । महिलातर्फ गौरीघाटले दोश्रो पहारीघाटले तेश्रो तथा जलारी दिदी बहिनी समुहले सान्त्वना स्थान प्राप्त गरे । प्रतियोगितामा महिला र पुरुष दुवै तर्फ द्वितियले नगद ३० हजार, तृतियले नगद २० हजार र सान्त्वना स्थान हाँसिल गर्ने नगद १० हजार सहित ट्रफि, मेडल, प्रमाण–पत्र प्राप्त गरे । फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थापनमा नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयले प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखराको पर्यटन प्रवद्र्धन गर्न सरोकावाला सवै मिलेर फेवाताललाई जोगाउनुपनेैमा जोड दिए । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवाताल पर्यटकिय राजधानी पोखराको प्रमुख गहना र मुख्य पहिचान भएको बताए ।
फेवा डुंगा व्यवासयी संगठनका अध्यक्ष बलराम गिरीले फेवातालको महत्व बुझाउन पनि यो प्रतियोगिता आयोजना गरिएको स्पष्ट पारे ।
सो अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका बरिष्ठ अधिकृत सागर श्रेष्ठले फेवातालका बारेमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतमा प्रचार प्रसार गर्ने तथा पोखरामा पर्यटक भित्र्याउँदै पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्येश्यका साथ प्रतियोगिता आयोजना गरिएको जनाए ।