फरार रहेका दुर्गा प्रसाईलाई पक्राउ पछि काठमाण्डौ ल्याईयो , संगठित अपराधसम्बन्धी कसूरमा मुद्धा चलाउने तयारी

-


     गण्डकी बहस     
     चैत्र २८ गते २०८१ मा प्रकाशित


पोखरा, २९ चैत । चैत्र १५ गते काठमाण्डौको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन पछि फरार रहेका राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई प्रहरीले झापाको भद्रपुरवाट पक्राउ गरी काठमाण्डौ ल्याएको छ ।
प्रसाई र खड्का दुवैजनालाई हिंसात्मक प्रदर्शन गरी राज्य विरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा मुद्धा चलाउने तयारी भईरहेकोे प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले जानकारी दिए ।
प्रसाईंलाई आजै अदालत उपस्थित गराइ अनुसन्धानका लागि म्याद थप्ने तयारीका साथ प्रहरीको एक टोलीले कागजात तयार पार्दैछ ।