किरात याक्थुङ चुम्लुुङ पोखराको अध्यक्षमा शान्ती लिम्वु

- भाषा, सस्कृती र मौलीक पहिचानको संरक्षणमा जुट्न थापाको आग्रह आग्रह

-


     गण्डकी बहस     
     श्रावण २० गते २०८० मा प्रकाशित


पोखरा, २० सााउन । किरात याक्थुङ चुम्लुुङ पोखराको शनिवार भएको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनले शान्ती लिम्वुको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मण लिम्वु र भिमकुमारी लिम्वु रहेका छन् भने सचिवमा लक्ष्मीप्रसाद पालुुङवा, कोषाध्यक्षमा वालकुमारी लिम्वु रहेका छन भने सदस्यहरुमा सुनिता लिम्वु, कौशिला लिम्वु, सुमि शुव्वा, रविना लिम्वु, झस वहादुर लिवाुङ, र रमादेवी श्रेष्ठ लिम्वु रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचन समितिका संयोजक विपिन आचार्यले पद तथा गोपनियताको सपथ गराएका छन् । आचार्यको संयोजकत्वमा दिनेश लिम्वु र सञ्जीव मादेन लिम्वु गरी ३ सदस्यीय निर्वाचन समिमित गठन भएको थियो ।
यस अघी कार्यक्रमको उद्घाटन गर्दै नेपाल बुद्धीचाल महासंघका केन्द्रीय उपाध्यक्ष विनय थापाले भाषा, सस्कृति, भेषभुषा र मौलिक पहिचानमा धनी किराँत समुदाय अहिले आएर पहिचानका लागी आन्दोलनमा उत्रनुपर्ने अवस्थाको सृजना हुनु दुखद रहेको भन्दै पहिचानका लागी हुने जुनसुकै आन्दोलनमा आँफूहरुको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । उनले विगतमा भएका विभिन्न आन्दोलनमा किराँत समुदायले पुर्याएको आन्दोलनको चर्चा गरे ।
समाजसेवी तोरण गुरुङले मानव सभ्यताको पुरानो सभ्यताका रुपमा किरात सभ्यता रहेको उल्लेख गरे । समाजसेवी वम वहादुर गुरुङले किरातहरुको पहिचान हराए मानव सभ्यतानै हराउदै जाने भएकाले पहिचानको पक्षमा उभिनु पर्ने मा जोड दिए ।
सो अवसरमा समाजसेवी कृष्णवहादुर श्रेष्ठले सस्थालाई नगद रु १० हजार दिएर सहयोग गरेका थिए । सस्थाका अध्यक्ष धन बहादुर लिम्बुको अध्यक्षतामा भएको उद्घाटन सत्रमा पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सेना, पत्रकार अमृतराज उपाध्याय, लक्ष्मण लिम्वु लगाएतले शुभकामना व्यक्त गरेका थिए ।