पोखरा, २२ असार । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री माननीय शुशिला सिम्खडाले गण्डकी विश्वविद्यालयमा संचालित अनुसन्धानात्मक कार्यक्रम कार्यान्वयनको अवस्थाका वारेमा अनुगमन एवं निरिक्षण गर्नुभएको छ । सो अवसरमा गण्डकी विश्वविद्यालयले संचालनमा ल्याएको अनुसन्धानात्मक कार्यक्रम प्रदेश सरकारको पुँजीका रुपमा रहेको वताउदै उहाले विज्ञान र प्रविधिमा आधारित सीप मूलक शिक्षा अहिलेको आवश्यकता भएकाले सीमित साधन र स्रोतका वीच उच्च मनोवलका साथ खोज अनुसन्धानमा जुट्न विश्वविद्यालय परिवारलाई निर्देशन दिनुभयो ।
शिक्षामा विज्ञान र प्रविधिको प्रयोग र विकास हुन नसक्दा मुलुक पछाडी परेको स्मरण गर्दै मन्त्री सिंम्खडालेअनुसन्धान र आविश्कारले विश्वविद्यालयको अध्ययन अध्यापनलाई समेत गुणस्तरीय वनाउन सकिनेमा जोड दिनुभयो । गण्डकी विश्वविद्यालयले स्थापनाको तीन वर्ष नपुग्दै अनुसन्धान र प्रविधिको क्षेत्रमा फड्को मारेको छ । राष्ट्रीय आविश्कार केन्दसँगको सहकार्यमा गण्डकी विश्वविद्यालयले अहिले अनुसन्धानमुलक कार्यक्रम संचालन गर्दै आएको छ ।
आविश्कार केन्द्रका वैज्ञानिक रितिशदेवले यस्को नेतृत्व गर्दै आएका छन् । विश्वविद्यालयको मेकानिकल टीमले आविश्कार केन्द्रको टिमलाई सहयोग र सहकार्य गर्दै आएको विश्वविद्यालयका रजिस्टार कैलाश तिमिल्सेनाले जानकारी दिए र्। हामीले उहाहरको पाँचजनाको टीमलाई खाने, वस्ने व्यवस्था मिलाएका छौ, वाँकी अनुसन्धान खर्च र कच्चा पदार्थको मुल्य सवै अनुसन्धान केन्द्रले नै वेहोर्दै आएको छ ’ रजिष्टार तिमिल्सेनाले भने । अहिले गण्डकी विश्वविद्यालयमा सोलार ड्राईभ विद्युतीय चुलो, वाँदर धपाउन प्रयोग गरिने वन्दुक, थ्रेसर, दाउरा चिर्ने मेसिन, गोवर पेल्ने पम्प लगाएतका दर्जनौ उपकरणहरु आँप्mनै डिजाईनमा निर्माण हँुदै आएका छन् ।
अनुसन्धानात्मक कार्यक्रम अन्तर्गत निर्मित यान्त्रीकीकरणलाई प्रदेस सरकारले उद्योग स्थापना गरेर वजारीकरण गर्न सके देसमा विश्वविद्यालय खुल्ने तर पढ्नका लागि विद्यार्थी वाहिर जाने प्रवृत्ति अन्त्य गर्न सहयोग पुग्ने विश्वविद्यालयका रजिष्टार कैलाश तिमिल्सेनाले विश्वास व्यक्त गर्नुभयो । गण्डकी विश्वविद्यालयमा अहिले विभिन्न ५ प्mयाकेल्टीमा तीन सय विद्यार्थी अध्ययनरत छन् ।