राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा आइतबार गरे । सभामुखमा अर्यालको मात्र उम्मेदवारी परेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।
अर्याललाई रास्वपा सभापति रवि लामिछानेले प्रस्ताव तथा मन्त्रीत्रय स्वर्णिम वाग्ले, सुनिल लम्साल र सोविता गौतमले समर्थन गरेका थिए ।







