
पोखरा ११ जेठ । पोखरामा जारी राष्ट्रिय युवा संघ नृपालको १० औं महाधिवेशनमा पार्टी अध्यक्ष एवं प्रधान्मन्त्र िकेपी शर्मा ओली र पुर्व राष्ट्रपती विद्यादेदी भण्डारी वीच छुट्टाछुट्टै दुई प्यानल नै वनाएर निर्वाचनमा हामीएका छन् ।
अध्यक्ष पदका लागी पार्टी अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा क्षितिज थेवेले र पुर्व राष्ट्रपती विद्यादेवी भण्डारीको समर्थनमा सुमन पुरीले मनोनयन दर्ता गराएका छन् । थेवे यस अघिका नि वर्तमान अध्यक्ष हुन भने पुरी यस अघि दुई कार्यकाल उपाध्यक्ष भएर यस अघिको कार्यकालमा पार्टी अध्यक्ष केपी ओलीकै निर्देशनमा महासचिव वनेका थिए ।
महाधिवेशनको नेतृत्वका लागि सर्वसम्मतको प्रयास असफल भएपछि पुरीले अध्यक्षमा आफ्नो मनोनयन दर्ता गराएका हुन् । पुरीको प्रस्तावकमा सुदूरपश्चिम प्रदेश अध्यक्ष अरूण कुँवर र समर्थक कर्णाली प्रदेश अध्यक्ष जीवन शाही छन् ।
यस्तै युवासंघको उपाध्यक्षमा प्रकाश गौतम, पर्वत भण्डारी, महासचिवमा कुबेर अधिकारी, उपमहासचिव खेम शर्माले सुमनको समूहबाट मनोनयन दर्ता गराएका छन् ।
क्षितिजको समूहबाट उपाध्यक्षमा माहाराज गुरूङ र विनय शाह, महासचिव महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही, सचिव महिला निशा लिम्बू, सचिव खुल्ला मोबिन आलम, मदन भण्डारी, देबु बस्नेतले मनोनयन दर्ता गराएका छन् ।
सुमन समूहबाट उपाध्यक्षमा प्रकाश गौतम, पर्वत भण्डारी, महासचिव कुबेर अधिकारी, उपमहासचिव खेम शर्माले मनोनयन दर्ता गराएका छन् ।
महिला सचिवमा रेशु तामाङ र सचिव (मधेशी) मा चित्ररञ्जन यादव, खुला सचिवमा धुर्व खड्का र अरूण कुँवरले सुमन समूहबाट मनोनयन दर्ता गराएका छन् ।
९ सदस्यीय पदाधिकारीसहित १ सय ५१ पदमा निर्वाचन हुने छ । योबाहेक पनि लेखा, अनुशासन, निर्वाचन र युवा विज्ञ आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवकोसमेत मतदान हुनेछ । महाधिवेशनमा १ हजार ७६४ प्रतिनिधिले मतदान गर्ने छन् ।







