पाेखरावाट काठमाडौ तर्फ हिडेकाे वस दुर्घटना , १७काे मृत्यु २४ घाइते

-


     गण्डकी बहस     
     फागुन ११ गते २०८२ मा प्रकाशित


पाेखरा । पोखराबाट काठमाडौं तर्फ जाँदै गरेको एक यात्रुवाहक बस सोमबार राति १:३० वजेकाे समयमा धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
ग १ ख १४२१ नम्बर यात्रुबाहक बस धादिङको बेनिघाट रोराङ्ग गाउँ पालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गवाट त्रिशूली नदी किनारमा खसी दुर्घटना भएको थियो ।

दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको कमाण्डमा टोली खटिएको छ । विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट गोताखोरसहितको विशेष उद्धार टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु भएका १७ जनाको शव घटनास्थलमै रहेको छ । घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ भने मृतक तथा घाइतेको सनाखत कार्य जारी रहेको छ ।