पोखरा÷ स्याङजा जिल्लाले गण्डकी प्रदेश टी २० महिला क्रिकेट प्रतियोगिताको उपाधि
दोस्रो पटक जितेको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको
फाइनलमा शनिबार कास्की जिल्लालाई ७ विकेटले हराउँदै लगातार दोस्रो उपाधि चुमेको
हो । उपाधिसँगै स्याङजाले नगद १ लाख रुपैयाँ हात पारेको छ भने उपविजेता कास्कीले ५०
हजार रुपैयाँ प्राप्त गरेको छ ।
५७ रनको विजयी लक्ष्य पाएको स्याबजाले १०.३ ओभरमा ३ विकेट गुमाउँदै ६० रनका साथ लक्ष्य
पुरा ग¥यो । स्याबजाका लागि सिमाना केसीले १७ रनको अविजित पारी खेलिन् । उनले २२
बलमा १ चौका प्रहार गरिन् । कुशुम गोदार ११ रनमा अविजित रहिन् । उनले १३ बलमा १ चौका प्रहार
गरिन् । ओपनर श्रेया शाह ५, सलिना सेन ६, ज्योत्सनिका मरासिनी ६ रनमा आउट भइन् ।
कास्कीका लागि रचना चौधरी र यशोदा भुजेलले समान १÷१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिबको निम्तो पाएको कास्कीले १६ ओभरमा अलआउट हुँदै ५६
रनमात्रै जोड्न सफल भयो । कास्कीका लागि रेखा तामाबले २४ र रचना चौधरीले १४ बाहेक
अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् । रेखाले २८ बलमा २ चौका र १ छक्का प्रहार
गरिन् । रचनाले २५ बलमा २ चौका प्रहार गरिन् । ओपनर सिर्जना पौडेल ५, विनिता
नेपाली, शिखा दवाडी र रिया तामाब शुन्यमा आउट भए । विनिता सिग्देल २, चन्द्रमाया बराल
२ रनमा आउट हुँदा यशोदा भुजेल, सुशिला डिम्टुक पनि शुन्यमै पेभिलियन फर्किए ।
सोनिमा पुन मगर शुन्यमा नटआउट रहिन् । स्याब्जाका लागि अपेक्षा बुढाथोकीले ३ ओभरमा
६ रन खर्चेर सर्वाधिक ४ विकेट लिइन् । सिमाना केसीले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिइन् ।
स्याजाकी सिमाना केसी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनी खेलको वुमन अफदी
म्याचसँगै उत्कृष्ट बलर समेत घोषित भइन् । कास्कीका सिर्जना पौडेल उत्कृष्ट ब्याटर र
सोनिमा पुन मगर उदियमान खेलाडी घोषित भइन् । चार दिनसम्म चलेको प्रतियोगितामा
स्या।ङ्जा, कास्की, नवलपुर र पर्वतको सहभागिता रहेको थियो ।









