किवानिजका युवाले चलाए पोखराको न्युरोडमा बेरी लाउन्ज

-


     गण्डकी बहस     
     वैशाख ८ गते २०८१ मा प्रकाशित


पोखरा न्युरोडको लेखनाथ मार्गमा बेरी लाउन्ज एन्ड बार सञ्चालनमा आएको छ । केही महिनाअघि अनौपचारिक रुपमा सेवा सुरु गरेको बार शनिबार आयोजित समारोहमा नायिका वर्षा राउतले औपचारिक रुपमा उद्घाटन गरिन् ।

बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संगठन किवानिज क्लब अफ पोखरामा आवद्ध युवाहरुको समूहले लाउन्ज सञ्चालन गरेको हो । क्लबका संस्थापक अध्यक्ष तथा किवानिज डिस्ट्रिक्टका लेफ्टिनेन्ट गभर्नर नवीन पौडेलले सय वर्षभन्दा लामो इतिहास भएको अन्तर्राष्ट्रिय क्लब किवानिज पोखराका मन मिल्ने युवा व्यवसायीले व्यावसायिक रुपमा अर्काे सहकार्य गरेको जनाए ।

यसमा करिब २ करोड लगानी भएको छ । शनिबार ग्रान्ड ओपनिङपछि विभिन्न सांगीतिक कार्यक्रम, लाइभ म्युजिकसमेत हुने सञ्चालक सुमेश बास्तोला बताउँछन् । पोखराको न्युरोडमा अन्यत्रको तुलनामा गुणस्तरीय र सस्तो दरमा सेवा दिने उद्देश्यले लाउन्ज सञ्चालन गरेको क्लब अध्यक्ष सुवास अधिकारीको भनाइ छ ।

यहाँ सस्तो मूल्यमा गुणस्तरीय खाना र पेय पदार्थहरु उपलब्ध गराउने लक्ष्य छ । कफी सफ र स्वादिष्ट खानासँगै ७० जना क्षमताको हल र २ सय जनासम्मलाई पार्टी दिन सक्ने क्षमता रहेको अधिकारीले सुनाए ।