९ जना जुवाडे पक्राउ

-


     गण्डकी बहस     
     पौष २९ गते २०८० मा प्रकाशित


पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा ८ न्युरोडमा जुवातास खेलीरहेका ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा ८ न्युरोड बस्ने बर्ष ३५ की दिपा पुन, पोखरा १ बगर बस्ने बर्ष ५४ को जित बहादुर गुरुङ, पोखरा ११ बस्ने बर्ष ३६ की दिप्लव चोचाङ्गी ,पोखरा १८ साराङकोट बस्ने बर्ष ३६ की पवित्रा ढकाल, पोखरा ११ फुलवारी बस्ने बर्ष ७१ को तिर्थ बहादुर गुरुङ, पोखरा १७ बिरौटा बस्ने बर्ष ५० की आईती गुरुङ, रुपा गाउपालिका १० रामबजार बस्ने बर्ष ३५ को अमर खनाल ,पोखरा १४ बस्ने बर्ष ३६ को कुल बहादुर गुरुङ, पोखरा १७ बिरौटा बस्ने बर्ष ३२ को नबिन थापा रहेका छन् । जुवा खेलीरहेको अवस्थामा उनीहरुको साथवाट ४ बुक तास र नगद र,एक लाख २२ हजार ,१सय ७५ रुपया फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरुलाई
नियन्त्रणमा लिई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता
विरुद्धको कसुर ( जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा दस दिन म्याद थप गरी हिरासतमा राखेको छ ।